९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभामा दुई विधेयक दर्ता

बागमती प्रदेशसभा सचिवालयमा बुधवार प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ।

दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताए।

प्रदेशसभाको अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान भइसकेको पनि सो सचिवालयले जनाएको छ।  

प्रकाशित: १३ भाद्र २०८० १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App