२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रशोधित तेल निकासी साढे तीन सय प्रतिशत बढ्यो

आर्थिक वर्ष २०७६/०७७ मा वीरगन्ज नाकाबाट ६१ हजार ५ सय ५० टन भटमासको प्रशोधित तेल र ४२० टन सूर्यमुखी तेल निर्यात भएको थियो। वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए अनुसार नेपालको निर्यात व्यापारमा प्रशोधित तेलको योगदान उल्लेखनीय छ।

खोटाङ सेवा समाज यूकेले उपलव्ध गरायो थप १३ लाखको स्वास्थ्य सामग्री

खोटाङ सेवा समाज यूकेले यूकेमा गाँस काटेर जुटाएको रकमबाट कोभिड–१९ को महामारीका विरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको हो। कोभिड-१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि पहिलो र दोश्रो चरणमा गरी जिल्लालाई २४ लाख ६० हजारको स्वास्थ्य सामग्री उपलव्ध गराइएको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न लाखौँको स्वास्थ्य सामाग्री सहयोग

दोश्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लाखौँको स्वास्थ्य सामाग्री उपलब्ध गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले जानकारी दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नौ प्रकारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

रुपन्देहीका १५ स्थानीय तहको बजेट १२ अर्ब बढी

कोभिड–१९ रोकथाम तथा नियन्त्रणसंगै स्वास्थ्य, कृषि र पूर्वाधारलाई विशेष जोड दिएर रुपन्देहीका १५ वटा स्थानीय तहले १२ अर्ब बढीको बजेट ल्याएका छन् ।

तेस्रो चरणको कोरोना संक्रमण रोकथाम गर्न उच्च अदालतमा रिट

परमादेशको माग गर्दै अधिवक्ता सुनीलकुमार श्रेष्ठ, बसन्त गौतम, सुरेशकुमार गौतम, लोकबहादुर शाह, बलबहादुर चन्द, विकाश आचार्य र अमृता केसी लगायतले संयुक्त रुपमा रिट दायर गरेका हुन्।

सबै नगरबासीलाई खोपको व्यवस्था, १८ वर्षमुनिकालाई समेत आइसियु र भेन्टिलेटर

‘कोभिड रोकथाम र नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिंदै नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी सबै नगरबासीहरूको लागि खोपको व्यवस्था मिलाइने छ।’

मैथिली लोकगीतमा छोरी जन्मप्रतिको व्यथा कथा

कोरोनाको भयावह अवस्था छ। जिल्लाहरूमा निषेधाज्ञा लागू छ। अनावश्यक रूपमा घरबाट ननिस्कन भनिएको छ। विवाहको लगन छ। भीडभाडको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले अधिकतम २५ जनासम्म जन्ती लग्न नियम पारित गरेको छ। धनुषामा झन् १५ जना मात्र भनिएको छ। बाहिरका कसैलाई नलगे पनि घर–परिवार र कुटुम्ब नै त्यसभन्दा बढ्ता हुन्छन्। तर आदेश मान्ने प्रयास गरिएकै हो।

पुराना मान्छेको कथा

इतिहासकार डिल्लीरमण रेग्मीको अन्तर्वार्ता लिँदा पुराना मान्छेका बारेमा धेरै कुरा थाहा पाएँ, मैले। ऊबेला कान्तिपुर पत्रिकाको सहायक सम्पादक थिएँ म। मनमोहन अधिकारीलाई बनारसमा ट्युसन पढाएका रहेछन् रेग्मीले। रेग्मीले भनेको सम्झन्छु– ‘ती युवक सरल, विनम्र, अध्ययनशील र शालीन थिए।’ परराष्ट्रमन्त्रीसमेत भएका रेग्मीले हजारौँ पुस्तक संग्रह गरे। सो पुस्तकालय र निजी घर सरकारलाई हस्तान्तरण गरे।

प्रधानमन्त्रीको निर्देशनः जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याऊ

प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन्।

युवाले गरे आफ्नै खर्चमा स्वास्थ्य सामग्री वितरण

बिजयखर्कका युवा समूहले ‘बिजयखर्क कोरोना रोकथाम अभियान समिति’ नामक फेसबुक ग्रुपमार्फत् रकम संकलन गरेर कोभिड–१९ बाट जोगिनका लागि उपयोग गरिने स्वास्थ्य सामग्री खरिद गरेर प्रत्येक घरका स्थानीयलाई वितरण गरेका छन्

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छः मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताएका छन्।

कोरोना रोकथाम र उपचार गर्न चार अर्ब ३२ करोडको सहमति

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ।

मैथिली फिल्म निर्माणको व्यथाकथा र ‘एकटा आओर वसन्त’

मैथिली फिल्म क्षेत्रमा लागेका मित्रसँग मेरो यही आग्रह छ, फिल्मको कथाको चुनाव गम्भीरतापूर्वक हुनुपर्छ, कलाकारको चयन भूमिका अनुसार उपयुक्ततालाई ध्यानमा राखी गर्नुपर्छ, फिल्म संयुक्त लगानीमा बनाउनुपर्छ, एकै व्यक्ति सबै पक्षमा हाबी हुनु हुँदैन र फिल्मको व्यापक प्रचारप्रसार हुनुपर्छ।

बूटी

ज्ञान र प्रेम पहिले बीज बनेर विचारमा आउँछ। त्यस विचारमाथि वादविवाद, चिन्तनमनन गर्दै जाँदा एउटा निष्कर्ष निस्कछ, त्यो निष्कर्ष व्यवहारमा व्यक्त हुँदा संसारका सबै मानवको हितमा देखिन्छ भने ज्ञान र प्रेम अंकुरण हुन थाल्छ, नत्र बीजकै रूपमा मर्न पुग्छ। अधिकांश मानिसको ज्ञान र प्रेम विचारको तहमै मरेको छ।

महामारी नियन्त्रणमा एकजुट भएर लागौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्