४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोरोना रोकथाम र उपचार गर्न चार अर्ब ३२ करोडको सहमति

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ। मन्त्रालयले आज २६ केन्द्रीय अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र ट्यांकका लागि रु दुई अर्ब ९५ करोड २० लाख बराबरको सहमति दिएको हो।

मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५ अस्पताललाई एचडियु स्थापनाका लागि रु एक अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति दिइएको जनाएको छ। कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरुप मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो।

प्रकाशित: २ जेष्ठ २०७८ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App