‘स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत’
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन्। यसअघिको बजेटमा स्वास्थ्यतर्फ कुल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएको जानकारी दिँदै स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दश प्रतिशत पु-याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताए।