अवोधगम्य ओशो
सामान्य सुधारक योगी र ओशोमा फरक के छ भने सामान्य योगीले तपाईँको जीवनमा केही सुधार गर्न चाहन्छ, मर्मत तथा रेट्रोफिटिङ गर्न चाहन्छ तर ओशोलाई रेट्रोफिटिङमा विश्वास छैन।
सामान्य सुधारक योगी र ओशोमा फरक के छ भने सामान्य योगीले तपाईँको जीवनमा केही सुधार गर्न चाहन्छ, मर्मत तथा रेट्रोफिटिङ गर्न चाहन्छ तर ओशोलाई रेट्रोफिटिङमा विश्वास छैन।
उनले चिया पसलतिर देखाउँदै भने, ‘त्यो चिया पसलेले राति पत्नीसँग सम्भोग गरेको छ र ननुहाई त्यही धोती लगाएर चिया पकाइरहेको छ। तिमीले उसले बनाएको चिया खायौ भने तिमीमा पनि कामवासना जाग्न सक्छ।’ र, मलाई त्यहाँ जान दिएनन्। सिद्ध जोगीहरूको कस्तो अद्भूत दृष्टि ?
जीवनका अन्तिम २४ वर्ष अति चेतन चेतनाको अवतरणका अनेक आयाममा श्रीअरविन्दको जीवन समर्पित रह्यो। मनुष्यको मूल दुःखको कारण उहाँ ओशोले जस्तै आध्यात्मिक बेहोसीलाई मान्नुहुन्थ्यो।
मेरी आमाको स्वास्थ्य संवेदनशील थियो। उहा“लाई केही पटक हृदयघात भइसकेको थियो। स्तन क्यान्सरको शल्यक्रिया पनि भइसकेको थियो। मेरी आमा सक्रिय राजनीतिज्ञ हुनुहुन्थ्यो। उहा“ सामाजिक जीवनमा पनि त्यत्तिकै व्रिmयाशील हुनु हुन्थ्यो। मेरा पिताजी पनि सरकारको उच्च प्रशासनिक पदहरूमा रही देशका प्रभावशाली तथा शक्तिशाली नेताहरूको सामीप्यमा रही सेवा गर्नुभयो।
भाग्य पनि कति निर्दयी हुन्छ। दशौं हजार यात्रीहरू बोकेर आउने रेलहरूले उनको प्रेमीलाई आजसम्म ल्याइदिएनन्। ट्रेन पूरै रोकिन नभ्याउ“दै उनी हतार–हतार नजिकैको डिब्बामा छिर्थिन्। यात्रीहरू उनलाई हेय दृष्टिले हेर्थे र राम्रो व्यवहार गर्दैनथे।
जनवरी १९ ओशोको महापरिनिर्वाण दिवस हो। जुन दिन एक साधकले बुद्धत्व प्राप्त गर्छन्। त्यस दिनलाई हामी उनको निर्वाण दिवस भन्छौं। निर्वाण प्राप्त व्यक्तिले जुन दिन शरीरको बन्धनबाट पनि मुक्ति पाउँछन् त्यस दिनलाई महापरिनिर्वाण दिवस भन्छौं।
मैले किसुनजीलाई सानैमा आफ्नो घर बागबजारमा देखेको हुँ। जुन बेला किसुनजी सल्लाहकारसभा अध्यक्ष चुनिनुभएको थियो, मेरी आमा पनि जनकपुरबाट प्रतिनिधिका रूपमा सोही सल्लाहकारसभामा चुनिएर आउनुभएको थियो। किसुनजी भोजनको ठूलो पारखी हुनुहुन्थ्यो।
११ डिसेम्बर ओशोको जन्म दिन हो। ओशो आज भौतिक शरीरमा रहेका भए आज हामी उनको ८७औँ जन्मदिवस मनाइरहेका हुन्थ्यौँ। ओशोलाई भारतमा सबैभन्दा पहिला बुझ्ने वर्ग साहित्यकार, लेखक, कलाकार र पत्रकारको रह्यो। त्यसमध्ये भारतका प्रसिद्ध पत्रकार, लेखक र समाजवादी नेता एमभी कामथले ओशोको जीवनकालमै लेखेका केही उद्वरणले मलाई अत्यन्तै आन्दोलित गरेका थिए।
सन् १९२६ मा हिमालय पार गरेर तिब्बतबाट सय वर्षको उमेरमा परमात्माबोध भएका एक साधु नेपाल पसे। उनको भनाई थियो– नेपाल तपोभूमि हो। त्यसैले यहाँ संसारभरका व्यक्ति खोज गर्न आइरहेका छन्, भविष्यमा पनि आउनेछन्। ती व्यक्ति शिवपुुरी डाँडामा धेरै वर्ष तपस्यामा बसेको हुनाले उनलाई शिवपुरीबाबा भनेर बोलाउन थालियो। तर, उहाँको संन्यास नाम भने गाविन्दानन्द भारती हो। जीवनको अन्तिम केही वर्ष पशुपति धु्रवस्थली वनमा उहाँ बस्नुभयो। म आफ्नो बुबाआमासँग १९५० देखि नै काठमाडौंमा बस्दै आइरहेको छु।
अस्तित्वलाई पूर्ण सर्मपण गरी हामी कुनै काममा पूर्णताका साथ लाग्यौँ भने त्यो कार्य सिद्धिमा पैसा पनि आउ“छ, सहयोगीहरू पनि आउ“छन् । सबै सुविधा बिस्तारै जुट्छन् । जबसम्म हाम्रो संकल्प र समर्पण पूर्ण हु“दैन, तबसम्म बाधैबाधा आउँछ । आज म यो स्पष्ट देख्न सक्छु र भन्न सक्छु । बाहिर कुनै बाधा र अवरोध हु“दैन, सारा बाधा र अवरोध हाम्रै मनको अचेतनबाट आउँछ ।
फिल्म जगत्का हस्तीहरू ओशोलाई भेट्न आउँथे । भेट्न आउँदा उनीहरूको व्यवहार र उपस्थितिमा अस्मिता, गम्भीरता र अहंकारको एक मिश्रित भाव भरिएको हुन्थ्यो भने केही मिनेट ओशोलाई भेटेर फर्किएपछि त्यो सबै भाव कतै विलीन भई एक आद्र्रता र कोमलताले परिपूर्ण भई आँसुले भरिएका आँखाहरू पुस्दै उनीहरू बाहिर निस्कन्थे ।
सन् १९७० को जनवरीमा चार दिनको साधनाको शिविरका लागि ओशोलाई हामीले पटनामा आमन्त्रण गर्यौँ । त्यसबेला म पटना विश्वविद्यालयको विद्यार्थी थिएँ । उहाँको प्रवासको तेस्रो दिन अपराह्नको कार्यक्रमपछि ओशो आफ्नो कोठामा विश्राम गरिरहनुभएको थियो । जनवरीको मध्य दिन हल्का चिसोले अधिपत्य कायम गरिसकेको थियो । सूर्यको न्यानोपनको कमी महसुस भइरहेको त्यो क्षण ओशोको उपस्थितिले हृदयमा आह्लादको सञ्चार गराइरहेको थियो । हामी बाल्कोनीमा बसिरहेको थियौँ । एक नवयुवक रिक्साबाट ढोकाको सामुन्ने उत्रिए ।
सन् १९७० को जनवरीमा हामीले ओशोलाई पटना आमन्त्रण ग¥यौँ । मैले उहा“को आध्यात्मिक सान्निध्यमा चार दिन बिताउने अवसर पाए“ । म त्यसबेला पटना युनिभर्सिटीमा इन्जिनियरिङको विद्यार्थी थिए“ । चार दिनपछि उहा“ रेलबाट जबलपुर फर्कनुभयो ।
गुरु र शिष्यबीचको सम्बन्ध सबैभन्दा उच्चतम हो । गुरु एक शीतल छहारी हुन्, जसको सामीप्यमा शिष्यका जन्मजन्मान्तरका पीडा शान्त भएर जान्छन्, सबै सन्ताप क्षीण हुन्छन् र चेतना रूपान्तरित भई व्यक्तिमा शान्ति र निश्चलताको पदार्पण हुन्छ ।
२९ मार्च १९६९ को सौभाग्यशाली सन्ध्या मेरा मानसपटलमा सधैँ तरोताजा रहनेछ । त्यस दिन पहिलोपटक मैले आफ्नो गुरु आचार्य रजनीशको दर्शन पाए“ । त्यसबखत म पटना युनिभर्सिटीमा इन्जिनियरिङको विद्यार्थी थिएँ । म त्यहा“को सिन्हा पुस्तकालयमा अध्ययनका लागि जाने गर्थें । पुस्तकालयमा अत्यन्त दुर्लभ पुस्तकको संकलन थियो । धर्म, दर्शनशास्त्र र ज्योतिषको अध्ययनका लागि म त्यहा“ नियमित जाने गर्थें । मध्याह्न पुस्तकालयबाट निस्केपछि सूचनापाटीमा एउटा पम्प्लेट टा“सिएको देखे“, जसमा सोही दिन बेलुका त्यही पुस्तकालयको लनमा आचार्य रजनीशले प्रवचन दिने जानकारी थियो । त्यसअघि मैले यो नाम कहिल्यै सुनेको थिइनँ ।