१ आश्विन २०८१ मंगलबार
image/svg+xml

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए।

चितवनमा घरजग्गाका कारोबारमा गिरावट

'किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन्। अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन्।'

नारायणी सामुदायिकले उवासंघ–चितवनका सदस्यलाई उपचारमा छुट दिने

सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउंदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने नारायणी सामुदायिक हस्पिटल प्रतिआभार व्यक्त गरे।

शिक्षण पेसा छाडेर फूल खेती, फूलको माग पुर्‍याउन धौधौ

'फूलसँग रमाउने मेरो रुची हो। सानैदेखि फूल प्रति मेरो मोह नै छ। मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ। जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ।'

भरतपुर क्यान्सर अस्पतालमा एक वर्षमा छ हजार बढी बिरामी

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी देखिएका छन्।

भरतपुरकाे एक जुत्ता पसलमा आगलागी

भरतपुर महानगरपालिका–३ मा रहेको जुत्ता पसलमा आगलागी भएको छ। कमलनगरस्थित ओम व्याकेन सुज हाउसमा गए राति आगलागी भएको हो।

भरतपुरको २२ एमभिएको ट्रान्सर्फमर जल्यो, तीन दिनसम्म विद्युत सेवा प्रवाहमा समस्या आउन सक्ने

भरतपुर र नारायणघाट क्षेत्रमा तीन दिनसम्म विद्युत सेवा प्रवाहमा समस्या देखिने भएको छ। भरतपुरमा रहेको २२ एमभिए ट्रान्सर्फमर जलेपछि शुक्रबारसम्म विद्युत वितरणमा समस्या देखिने भरतपुर विद्युत वितरण केन्द्रले जानकारी दिएको छ।

मनिट्रान्सफर लुटेको आरोपमा एक जना पक्राउ, हराएका २६ थान मोबाइल फेला

साथै उनले प्रयोग गरेको बा.प्र.०३–००१ ह १२६३ नम्बरको अटो, २ थान धारिलो हतियारसहित १ लाख ६७ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ। सुनारले भदौ २६ गते दिउँसै ट्रान्सफरमा कार्यरत कर्मचारीलाई धारिलो हतियार देखाएर २ लाख ४ हजार २५० रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

दाहालविरुद्ध कांग्रेस असन्तुष्ट पक्षले उम्मेदवारी दिने

सत्ता गठबन्धनबाट चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन लड्ने लगभग निश्चितजस्तै छ। कांग्रेस केन्द्रीय नेतृत्वले सबै क्षेत्रमा पार्टीका नेतालाई उम्मेदवार नबनाए असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ।

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ।

एमाले नीतिका आधारमा जनतामाझ जान्छः महासचिव पोखरेल

'स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन।' उनले एमाले नीतिका आधारमा जनतामाझ जाने जानकारी पनि दिए। एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत उनले स्पष्ट पारे।

चितवन गोल्डकपमा १० टिम सहभागी हुने

भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ। चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो।

ओली गुटले नागरिकता विधेयक विरोध गर्नु राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न खोज्नु होः प्रचण्ड

‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ। केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ। त्यो सपना चकनाचुर भयो।’

भरतपुर महानगरद्वारा दूधमा ९ करोड बढी अनुदान

'एक जना किसानले एक लाख १५ हजार रुपैयाँसम्म अनुदान पाउनुभएको छ, सरदरमा हेर्दा ४० देखि ६० हजार रुपैयाँ अनुदान रकम बुझ्ने किसानहरु धेरै हुनुहुन्छ,’ ढकालले भने, ‘साना र ठुला दुवै किसानलाई यो कार्यक्रम एकदमै फाइदाजनक छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्