१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

शिर्ष नेताहरूको जमघट चितवनमा

चितवनमा आज शिर्ष नेताहरूको जम्घट हुने भएको छ। औपचारिक रुपमा आजदेखि शुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा प्रधानमन्त्री, मन्त्री, सातै प्रदेशका प्रमुख, मुख्यमन्त्रीदेखि पूर्वप्रधानमन्त्री एवं विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहनेछ।

शिर्ष नेता चितवन आउने क्रम सुरु भइसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल बिहीबार नै चितवन आइपुगेका छन्।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, बाबुराम भट्टराई, पूर्व मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, सात  प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरु आज आउने कार्यक्रम रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

नारायणी नदी किनारमा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन भरतपुर महानगरले प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको जनाएको छ।

उच्च पदस्थ व्यक्तिहरुको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। आज बिहानैदेखि विशिष्ट व्यक्तिहरुको आगमन सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा भरतपुरका विभन्न ठाउँबाट विभिन्न सांस्कृतिक झाँकीसहितका र्‍याली निकाल्ने तयारी गरिएको छ।

प्रकाशित: १८ फाल्गुन २०८० ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App