१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सन्धिखर्क नगरपालिका देशभरिकै अब्बल

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरमा अब्बल साबित भएको छ। कार्यसम्पादन मूल्यांकनमा देशभरका सात सात ५३ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिका पहिलो भएको हो।

सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको छ। यस्तै चितवनको भरतपुर महानगरपालिका दोस्रो र गुल्मीको मालिका गाउँपालिका तेस्रो भएका छन्। भरतपुर ५६.२९ अंकसहित दोस्रो र मालिका ५५.४० अंकसहित तेस्रो भएका हुन्।

अर्घाखाँची र गुल्मीका पाँच स्थानीय तह ‘टप टेन’ भित्र पर्न सफल भएका छन्। अर्घाखाँचीका दुई तथा गुल्मीका तीन स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा शीर्ष १० भित्र पर्न सफल भएका हुन्।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पहिलो, गुल्मीको मालिका गाउँपालिका दोस्रो, गुल्मीको चन्द्रकोट गाउँपालिका छैटौं, अर्घाखाँचीको छत्रदेव गाउँपालिका सातौं र गुल्मीको रेसुंगा नगरपालिका आठौं स्थानमा पर्न सफल भएका छन्।

चन्द्रकोट गाउँपालिका ५२.५७ अंकसहित छैटौं, छत्रदेव गाउँपालिका ५०.४४ अंकसहित सातौं र रेसुङ्गा नगरपालिका ५०.०३ अंकसहित आठौं स्थानमा पर्न सफल भए।

मूल्यांकनमा गुल्मीको मालिका गाउँपालिका देशभरिका गाउँपालिकामध्ये उत्कृष्ट भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार मालिकाले ५५.४० अंक प्राप्त गरी देशभरका चार सय ६० गाउँपालिकामध्येमा देशकै पहिलो बनेको हो।

स्थानीय तहबीच सकारात्मक प्रतिस्पर्धा होस् भन्ने हेतुले आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकका आधारमा मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्ने गरेको छ।

प्रकाशित: १० फाल्गुन २०८० ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App