३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml

अहमदाबाद विमान दुर्घटना : ब्ल्याक बक्स फेला

अहमदाबादबाट बेलायतको लन्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो।

मौखिक परीक्षाका आधारमा इ-रिक्सा चालकलाई लाइसेन्स दिन माग

पढ्न-लेख्न नजान्ने सिटी रिक्सा चालकलाई मौखिक परीक्षा लिएर लाइसेन्स दिने व्यवस्था गर्न माग गरिएको छ।

जिर्मलेमा बहुसांस्कृतिक पार्क बन्दै

देशकै लोपोन्मुख लेप्चा समुदायसमेत रहेको यो स्थानका सबै जातजाति, भाषा, धर्म र सम्प्रदायको साझा तीर्थस्थलका रूपमा यो पार्क स्थापना गर्न लागिएको हो ।

'बेस्ट ब्रेन' ठगीधन्दाः पीडितले गरेको पत्रकार सम्मेलनमा घुसेर पीडकद्वारा हातपात

वैदेशिक रोजगारीका लागि जाने क्रममा चितवनको 'बेस्ट ब्रेन' एजुकेशन भिजा सर्भिसेसले ठगी गरेको भन्दै पीडितले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडक पक्षले पत्रकारहरूमाथि हातपात गरेका छन् ।

एआईजी कार्कीको बाल गीत ‘गुन्यू चोली पटुकी’ सार्वजनिक

नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआईजी कार्कीले बताए ।

सत्तापक्षसँगको दुईबुँदे सहमतिमा 'लास्टै कच्चा' माओवादी

सत्तापक्षीय दुई पार्टी कांग्रेस-एमालेसँग माओवादी केन्द्र वा पुष्पकमल दाहाललाई गलाउने धेरै कुरा रहेको दाहाल बताउँछन्। उनले भने, ‘क्यान्टोन्मेन्ट मात्रै खोल्छौँ भने माओवादी केन्द्र गलिहाल्छ, प्रचण्ड गलिहाल्छन्।’

कर्णाली राजमार्गको जुम्ला खण्ड पहिरो हटाएर सञ्चालन

कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने तातोपानी गाउँपालिका–१ राँका गाउँमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो।

एक सय ८८ ग्राम ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

खानतलासी गर्दा बिनोद कुमार पाण्डेको साथमा कालो प्लास्टिकभित्र लुकाईछिपाई राखिएको लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला परेको प्रहरी नायब उपरीक्षक माहेनमणि अधिकारीले बताए। अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

चितवन यातायातमा अख्तियारको छापा : कर्मचारी-बिचौलिया पक्राउ, नगद र ३१ थान मोबाइल बरामद

यहाँ सवारी चालक अनुमति पत्र दिनका लागि वर्गअनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिई फेल भएका प्रशिक्षार्थीलाई पास गराई कानूनविपरीत रकम सङ्कलन गरी भ्रष्टाचार गरेको उजुरीको आधारमा छापा मारिएको पौडेलले जानकारी दिए।

तन्नेरीमा धनी बनिएन भने बुढेसकालमा दुख पाइन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पुस्ताले मेहनत नगरे देशको भविष्य कमजोर हुने बताएका छन्।

बालिकामाथि दुर्व्यवहारको प्रयास, युवक प्रहरीको नियन्त्रणमा

ब्रासलेट किन्न आएकी बालिकालाई पसलको कोठाभित्र लगेर यौन प्रस्ताव र दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

स्रोत नखुलेको १८ लाखसहित दुईजना पक्राउ

सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुईजनालाई शुक्रबार नियन्त्रणमा लिएको छ।

सरकारले ‘वाह!’ हुने काम गर्नुपर्छ : महामन्त्री थापा

अस्थिरताको बीचमा नेपाललाई अवसर प्राप्त भएकोले त्यसलाई सदुपयोग गर्नुपर्ने उनले बताए।

भ्रष्टाचारले जरा गाडेर बसेका कारण विकासले फड्को मार्न सकेन : उपाध्यक्ष श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्