३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पोखरामा महानगर प्रमुख सम्मेलन: महानगरका न्यूनतम मापदण्ड पूरा गर्नु पहिलो आवश्यकता

पोखरा, भरतपुर, काठमाडौँ, ललितपुर, वीरगन्ज र विराटनगर महानगर प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको छ।

चितवनमा खुकुरी प्रहारबाट श्रीमतीको हत्या, भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

भरतपुर महानगरपालिका १० रमाइलो चोकमा बस्ने ४३ वर्षका कृष्णप्रसाद आचार्यले श्रीमती रुष्मा आचार्य घिमिरेलाई आइतबार (हिजो) राति १०:२५को समयमा हत्या गरेका हुन्।

अस्पताल विस्तार गर्न आठ बिघाको स्वामित्व लिइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चितवनमा शिक्षक अस्पताल निर्माण गर्न जग्गाको स्वामित्व लिन प्रक्रिया अगाडि बढाएको छ।

'निकुञ्जका कारण माडीवासीलाई परेको समस्या समाधान हुन्छ'

जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरुसहित नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी त्यहाँको समस्याबारे अवगत गराएको थियो। सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिएका थिए।

धावनमार्ग अझै नबढेकोमा मन्त्रीको ध्यानाकर्षण

भरतपुर विमानस्थलमा २०१९ सालदेखि उडान सुरु भएको थियो। यो विमानस्थल ५८ विघामा रहेको छ। तर, यसको विस्तार भने अझै हुन सकेको छैन।

गोरुको मासुसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन्।

पटिहानीका किसानले बीउ बेचेरै साढे ६ करोड आम्दानी गरे

उन्नत वीज वृद्धि कृषक समूहमार्फत् यहाँका किसानले धान, गहुँ, तोरी, मुसुरो, राजमाको बीउ उत्पादन गरेर मात्रै वार्षिक ६ करोड ५३ लाख ६३ हजार ३६३ रुपैयाँ बराबरको आम्दानी गरेको संस्थाका अध्यक्ष उमानाथ पौडेलले बताए।

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा

चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ।

चितवनमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

चितवनको भरतपुरमा दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७९ सुरु भएको छ।

आगामी आर्थिक वर्षका लागि भरतपुर महानगरले बजेटको सिलिङ बढायो

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ बढाएको छ। अघिल्लो आर्थिक वर्षभन्दा ९३ करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको बजेट बढाएको हो।

चितवन: ६ महिनाको अवधिमा बलात्कार पछि तीन जनाको मृत्यु

चितवनमा बलात्कार पछि तीन जनाको मृत्यु भएको छ। इन्सेक चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा तीन जनाको मृत्यु भएको हो।

भरतपुर २२० केभी सबस्टेशनको निर्माण कार्य ८० प्रतिशत सकियो

चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण कार्य करिब ८० प्रतिशत सकिएको छ।

ग्लोबल बैंकको भवन शिलान्यास

ग्लोबल आइएमई बैंक लिमिटेडले चितवनको भरतपुरमा कार्यालय भवनको शिलान्यास गरेको छ। बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भवनको शिलान्यास गरेका हुन्।

म पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही हुँ: रेनु दाहाल

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रो पटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्