७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकको भवन शिलान्यास

ग्लोबल आइएमई बैंक लिमिटेडले चितवनको भरतपुरमा कार्यालय भवनको शिलान्यास गरेको छ। बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भवनको शिलान्यास गरेका हुन्।

यसका साथै बैंकले चितवनको सौराहामा प्रबन्धकहरूका लागि ३ दिने भेला आयोजना गरेको छ। साथै लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङ सम्बन्धी सचेतना र्‍यालीको पनि आयोजना गरेको छ।

उक्त सचेतना र्‍याली नारायणी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्स चोक हुँदै भरतपुर हाइटस्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

प्रकाशित: २४ जेष्ठ २०७९ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App