१ आश्विन २०८१ मंगलबार
image/svg+xml

दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले लिए प्रधानमन्त्री पदको शपथ

दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत पाएको भारतीय जनता पार्टी (भाजपा) र उसको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका नेता मोदीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हजारौं आमन्त्रित व्यक्तिको सामु पद तथा गोपनियताको शपथ गराए।

प्रधानमन्त्री ओली दिल्लीमा, विदेश सचिवले गरे स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओली भारत प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए।

बाँकेका एक हजार ८३२ ले रोजगार पाउने

सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ले रोजगारी पाउने भएका छन्।

प्रधानमन्त्रीद्वारा एक्सन रुम उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) संचालनमा ल्याएका छन्। प्रधानमन्त्री ओलीले सात वटै प्रदेशमा संचालित राष्ट्रिय गौरवका आयोजनाहरुको समस्या तत्काल समाधानका लागि मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष भिडियो संवाद गर्ने व्यवस्थासहित सिंहदरबारस्थित आफ्नै कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच सो एक्सन रुम उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री कपमा प्रदेश नं २ को पहिलो जित

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई पराजित गर्दै पहिलो जित हात पारेको छ।

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै एपीएफको दोस्रो जित

राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ। एपिएफको लगातार यो दोस्रो जित हो।

सामाजिक सञ्जाल असभ्य बन्यो, हेर्नै लाज लाग्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको, लोकतन्त्रको सबैभन्दा अभाव पहिल्यै आफूले भोगेको बताएका छन्।  मानवअधिकार दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले जहिले पनि मानवअधिकारको हनन सधैं बलियाबाट हुने गरेको बताए। ‘हामी लोकतन्त्रमा कुनै देशभन्दा कम छैनौं’, उनले भने।

म्याटमै प्रधानमन्त्री कप

आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यस्थापनमा भइरहेको तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल निर्माणाधीन मूलपानी क्रिकेट मैदानमा आयोजना हुने खेलतालिका थियो।

‘प्रधानमन्त्रीमा दम्भ बढ्यो, म जे बोल्छु त्यो सबैले मान्नुपर्छ भन्नु अशोभनीय’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ मा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीका अभिव्यक्ति संविधानको मर्म र भावनाविरुद्ध आउन थालेकाले मुलुकमा संवैधानिक संकट निम्तिन सक्ने चेतावनी दिए।

सुमित र पृथुको उत्कृष्ट प्रदर्शनमा एपिएफलाई सफलता

सुमित महर्जन र कप्तान पृथु बास्कोटाको उत्कृष्ट ब्याटिङप्रेरित एपिएफले शनिबार तेस्रो प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश–३ माथि ४१ रनको जित हात पारेको छ।

प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको बयान दिएका छन्। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनले जग्गा हिनामिनामा कार्यालय प्रमुखको मात्रै संलग्नता देखाएर अरूलाई उन्मुक्ति दिन खोजिएकोप्रति संकेत गर्दै यस्तो बताएका हुन्।

एपीएफकाे प्रदेश ३ माथि ४१ रनकाे जित

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ।

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्