प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका छन्। नयाँ वर्षको अवसर पारेर आज बिहान ८ बजे सिंहदरबारबाट देशवासीका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका छन्। नयाँ वर्षको अवसर पारेर आज बिहान ८ बजे सिंहदरबारबाट देशवासीका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका छन्।
तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेका र अन्य पीडितलाई सम्मान गर्न लागिएको हो।
नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन्।
नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको तातो कुर्सीमा बसेको हुनाले दिमाग पनि तातो भएको आरोप लगाएका छन् । उनी सत्ताको अहंकारमा रहेको आरोप लगाउँदै नेपालले देशभरका कार्यकर्ताहरू आफ्नो पक्षमा रहेको बताएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको अहंकार भएको बताएका छन्।
ओलीले सकेसम्म आफ्नै नेतृत्वको सरकारको निरन्तरता दिने प्रयास गरिरहेकाले संसद् रहुन्जेल त्यसलाई आफ्नो पकडमा राख्न उनले गुटको राजनीति सुरु गरिरहेका छन्। फागुन २३ गते सर्वोच्चको फैसलापछि पूर्ववत् अवस्थामा फर्केको एमालेले संसद्भित्र नेपाल समूहलाई तह लगाउनेगरी खेल सुरु गरेको छ भने माओवादी केन्द्रलाई पनि पाखा लगाउने खेल भइरहेको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद गगनकुमार थापाले सरकारले राम्रा काम र नराम्रा काम गरेको विषयमा संसद्मा बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले बाहिर–बाहिर भाषण गरेको कुरालाई प्रमाणित गर्न संसद्मा आएर बहस गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपतिको कार्यभार सम्हालेकामा न्युयेन सुआन फुकलाई हार्दिक बधाई ज्ञापन गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको कोरोना खोप लगाएका छन्। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन्। 'मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,' सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सचिवहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा ‘झिंगे टँसाई सोच’ प्रमुख समस्याको रूपमा रहेको भन्दै यसको अन्त्य हुनुपर्ने बताएका हुन्।
दुबै मुलुकले कडा लकडाउन गरी कोरोनाभाइरसको प्रसार रोक्न ठूलै सफलता हासिल गरेका थिए। न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आफ्ना स्वास्थ्य अधिकारीहरुले अस्ट्रेलियाबाट कोरोना संक्रमण हुने खतरा निकै न्यून रहेको र अब यात्रा निकै सुरक्षित रहने बताएको जानकारी दिएका छन्।
जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ। कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाइएको हो। आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो।
ओली समूहले वामदेव गौतम र आफूलाई हराउन कोसिस गरेको बताएका हुन्। ‘वामदेवजी र मलाई हराउन कोसिस गरेका थिए, वामदेवजीलाई भने हराए नै’, नेपालले भने। ओली पूर्वाग्रही भएको पनि नेपालले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक सञ्जाल विस्तारकोे थालनी गर्दै तीन वर्षभित्रै २२ सय १० किलोमिटर सडक निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन्। सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा सडकको पहुँच विस्तार गर्न रणनीतिक सडक सञ्जालको अवधारणा कार्यान्वयन गर्न लागेको हो।