२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रास्वपा र एमालेको अवरोध पछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोध पछि संसद बैठक १५ मिनेटको लागि स्थगित भएको छ।

११ महिनादेखि बसेन कांग्रेस बैठक

सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा पनि मन्त्रीहरूले जवाफ दिने

प्रतिनिधी सभाको आजको बैठकमा बजेटमा उठेका प्रश्नहरुको सम्बन्धी मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यतालिका रहेको छ।नयाँ बानेश्वरस्थीत संघीय संसद् भवनमा बिहान ११ बजे प्रतिनिधी सभाको बैठक बोलाईएको छ।

‘किसानलाई मल अभाव हुँदैन’: प्रधानमन्त्री

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा १३ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्न गर्दै किसानले मल नपाएको, कृषकले उत्पादित वस्तुको मूल्य नपाएको लगायत विषयलाई प्राथमिकतामा राखेर जवाफ मागे।

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो।

संसद्प्रति सरकार किन अनुदार?

संसद् जनप्रतिनिधिमूलक संस्था हो। सरकार संसद्प्रति र संसद् जनताप्रति जवाफदेही हुनुपर्छ। तर सरकारले संसद्लाई सहयोग नगर्दा संसदीय कामहरू प्रभावित हुँदै आएको विगत छ।

बाढीपहिरोबाट १३ जनाको मृत्यु, २६ बेपत्ता

संसद्को दीगो विकास तथा सुशासन समितिको बैठकमा मुलुकका विभिन्न भूभागमा हालै आएको बाढीपहिरोबाट १३ जनाको मृत्यु हुनुका साथै २६ बेपत्ता रहेका र आठ जना घाइते भएको जानकारी दिइएको छ।

नेकपा एसकाे संसदीय दलको बैठक बस्दै

बैठकमा बजेटबारे पार्टीका सांसदहरुको असन्तुष्टिमाथि छलफल हुनेछ। बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु सरकारसँग असन्तुष्ट छन्।

एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

लिपुलेक, लिम्पियाधुरा, कालापानीको लागि बजेट नछुट्टयाउनुले सरकारप्रति शंका उब्जियोः सांसद शर्मा

नेकपा(एमाले)की सांसद दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बजेट नछ्ट्याउनुले शंका उब्जाएको बताएकी छिन्।

कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्ति चाहियाेः भिमप्रसाद आचार्य

नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ।पार्टीको मुख्यालय धुम्बाराहीमा जारी बैठकमा असार ७ गतेको पार्टीको स्थापना दिवसको तयारीमा केन्द्रित रहेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्