५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

बाढीपहिरोबाट १३ जनाको मृत्यु, २६ बेपत्ता

फाइल तस्बिर

संसद्को दीगो विकास तथा सुशासन समितिको बैठकमा मुलुकका विभिन्न भूभागमा हालै आएको बाढीपहिरोबाट १३ जनाको मृत्यु हुनुका साथै २६ बेपत्ता रहेका र आठ जना घाइते भएको जानकारी दिइएको छ।

समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालैको बाढीपहिरोबाट भएको मानवीय क्षति सम्बन्धी सो जानकारी गराएका हुन्। क्षतिको अन्य तथ्यांक आउन बाँकी रहेको उनले बताए।

उनले बाढी, पहिरो, प्राकृतिक विपत्, राहत वितरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायत समसामयिक विषयमा जानकारी दिंदै उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकतासाथ काम भइरहेको पनि स्पष्ट गरे। अघिल्लो आर्थिक वर्ष करिब एक अर्ब १५ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति तथा राहत सहयोग प्रदान गरिएको उनले सो बैठकमा बताए।

प्राकृतिक प्रकोप र त्यसले पुर्‍याएको जनधनको क्षति, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःलाभ तयारी लगायतका समसामयिक विषयमा जानकारी लिन बोलाएको समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयकोतर्फबाट धारणा राख्ने कार्यक्रम छ।

प्रकाशित: ७ असार २०८० ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App