८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपाको केन्द्रिय समितिको बैठक शुरु

जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक शुरु भएको छ। शनिवार काठमाडौंको एक होटलमा बैठक शुरु भएको हो। बैठकमा आईतवारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो।

आईतवारदेखि काठमाडौंको कमलादीमा शुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ। पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन्।

प्रकाशित: ९ असार २०८० ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App