राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ।पार्टीको मुख्यालय धुम्बाराहीमा जारी बैठकमा असार ७ गतेको पार्टीको स्थापना दिवसको तयारीमा केन्द्रित रहेको बताइएको छ।
रास्वपाले असार ७ गते स्थापना दिवस मनाउँदै छ। पार्टीका सभापति रवि लामिछानेले ७ गते साँझ ७ बजे सातै प्रदेशका ७७ वटै जिल्लामा ७७ पटक घन्टी बजाउन आग्रह गरेका छन्। पार्टीका अन्य औपचारिक कार्यक्रमबारे आजको बैठकमा छलफल चलिरहेको छ।
प्रकाशित: ४ असार २०८० ०४:१९ सोमबार