१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लिपुलेक, लिम्पियाधुरा, कालापानीको लागि बजेट नछुट्टयाउनुले सरकारप्रति शंका उब्जियोः सांसद शर्मा

नेकपा(एमाले)की सांसद दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बजेट नछ्ट्याउनुले शंका उब्जाएको बताएकी छिन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीको  विकास र सिमा संरक्षण गर्न सरकारले बजेट नछुट्याउनुले शंका उब्जिएको बताएकी हुन्।

उनले सो क्षेत्रका नागरिकहरुको जनगणना किन गरिएन भन्ने प्रश्न समेत गरिन्। उनले भारतमा ग्रेटर भारताको नक्शामा नेपाली भूमि समेटिएको विषयमा सरकार बोल्नुपर्ने बताइन्। भारत सरकारलाई पत्र पठाएर सो नक्शा खारेज गर्न लगाउनुपर्ने उनले माग गरिन्। उनले इपिजी प्रतिवदेन नेपालका प्रधानमन्त्रीले एकतर्फी रुपमा बुझेर भएपनि त्यहाँ उल्लेखित विषयहरु नेपाली जनतालाई सार्वजनिक गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘एमसीसी, संसदबाट पारित यो विषय कार्यान्वयनमा जानुपर्दछ। सरकारले यसको लागि सुनिश्चितता गर्दछ। के तयारी छ सरकारको? जानकारी पाउन चाहन्छु। एसपीपी नेपालको परराष्ट्र नितिले अनुमती दिन नसकेको यो कार्यक्रम नेपालको हीतमा हुन सक्दैन। ठूला शक्ति राष्ट्रहरुको सैन्य कार्यक्रम भएकोले यो नेपालका लागि राष्ट्रघाती हुनसक्छ । यसलाई अगाडी नबढाउन आग्रह गर्न चाहन्छु। इपिजी प्रतिवेदन नेपालका प्रधामन्त्री विदेश भ्रमण जाँदा प्रधानमन्त्रीकै तहबाट गरेको निर्णय बेवारिसे हुन्छन् भने राज्यका विश्वसनीयता हामीले कहाँनेर खोज्ने? त्यो बेवारिसे अवस्थामा छ। भारत भ्रमणको बेला किन प्रधानमन्त्रीले यो विषय उठाउन सक्नुभएन। अब यो प्रतिवेदन ग्रहण नेपालका प्रधानमन्त्रीले ग्रहण गरेर सार्वजनिक गर्नुपर्दछ। नागरिकले यसभित्र के छन् थाहा पाउनुपर्दछ। भारतको ग्रेटर नक्शामा नेपालको भूमि समेटिएको विषयमा सरकार किन नबोलेको हो, तुरुन्तै सरकारले यो विषयमा बोल्नुपर्छ। पत्राचार गरेर त्यो खारेज गर्न लगाउनुपर्छ अविलम्ब। यो म सरकारलाई जोडदार माग गर्न चाहन्छु। लिपुलेक, लिम्पियाधुरा, कालापानीको विकास र सिमा संरक्षण गर्न सरकारले किन बजेट छुट्टयाएको छैन? त्यहाँका नागरिकको किन जनगणना गरिएन? यसमा आम नागरिक माथि शंका उब्जिएको छ।’  

प्रकाशित: ४ असार २०८० ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App