४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको आजको बैठक जारी

नयाँ बानेश्वरस्थीत संघीय संसद् भवनमा बिहान १० बजेदेखि प्रतिनिधी सभाको बैठक भईरहेको छ।आजको बैठक सुरु हुना साथ सांसदहरु  प्रतिक्षा तिवारी, सुशिला थिङ, देवेन्द्र पौडेल र शिव नेपालीले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन । 

अन्य सांसदहरुले बाल्ने क्रम जारी रहेको छ । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे सांसद डाक्टर अमरेश कुमार सिंह, भगवती चौधरी  र प्रेम सुवालले आ आफ्ना धारणा राखिसकेका छन । उनीहरु तीनै जना प्रतिनिधि सभा नियमावली २०७९ को नियम १४६ को उप नियम १ को खण्ड क र ख बमोजिम खर्च कटौतीको प्रस्तापक हुन ।आजकै बैठकमा  गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथि उठेको  विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धी मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रकाशित: १० असार २०८० ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App