१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अब भक्तपुरलाई 'महानगरपालिका' बनाउँछौंः महेश बस्नेत

'महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन्,' उनले भने, 'अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो। जनताको जीवनस्तर उच्च बनाउने हो।'

माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राप्रपाका देवेन्द्र प्रधानसँग निर्वाचन बहस

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ मा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानसँग निर्वाचन बहस।

स्याङजा–१ मा मतदाताका लागि ‘टेस्टेड’ उम्मेदवार

त्यसको पहिलो कारणबारे ती विश्लेषक भन्छन्, 'सत्तारुढ गठबन्धनको पनि प्रभाव पर्नेछ। त्यसबाहेक पछिल्लो पाँचवर्ष अवधिमा मरासिनीको कामप्रति मतदाता सन्तुष्ट छैनन्। निर्वाचन जितेपनि काम नगरेको आरोप मरासिनी माथि छ।' त्यसको लाभ अहिले कांग्रेसका थापालाई पर्ने उनको विश्लेषण छ। ‘हुन त २०७० मा जितेपछि राजु थापाले पनि उत्तिसारो काममा फड्को मारेका त होइनन्, तर, मतदाताले त्यो बिर्सिसकेका छन्,’ उनले भने।

माधव नेपाललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार रेवन्त झा गरे नेकपा एसमा प्रवेश

नेता झा माधव नेपाललाई समर्थन जनाउँदै आजैदेखि सँगसँगै चुनावी प्रचारमा पनि होमिएका छन्। नेता नेपालले झालाई माला लगाएर स्वागत गरेका थिए। सँगसँगै बसेर सञ्चारकर्मीसँग नेता नेपाल र झाले सम्वाद पनि गरेका छन्।

आउँदो चुनावले एमालेलाई बिदाई गर्नेछः मन्त्री चौधरी

‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब तब वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ।’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्थाविरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाई गर्नेछ।’

स्थायी राजधानी कार्यान्वयनका लागि ड्युटी दिन प्रदेशमै भिडेँः मन्त्री चौधरी

सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका मन्त्री चौधरीले चुनावी दौडधुपलाई बढावा दिइरहेका छन्। उनले आफ्नो जितको प्रमुख आधार आफू सांसद छँदा खेरी र मन्त्री रहँदा गरेका कामहरुलाई मानेका छन्।

भोट माग्दै गाउँ पसे उम्मेदवारहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्।

जिम्मेवारी बिर्सेर विकासे नारा उराल्दै उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारले विकासे आश्वासनसहितका नारा लगाउँदै चुनावी प्रचार थालेका छन्।

निर्वाचनमा विजयी भए सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने कार्कीको प्रतिबद्धता

गठबन्धनको सरकारले नै निर्वाचनपछि सत्ता सञ्चालन गर्ने अवस्था रहेको बताउँदै कार्कीले आफू विजय भएसँगै प्रदेश सरकारसँग यस क्षेत्रका स्थानीयको पहुँच पनि सहजता हुने र विभिन्न खालका योजनाहरु यस क्षेत्रले पाउने बताए।

कला, सम्पदा र संस्कृतिको प्रवर्द्धन गर्न उम्मेदवार बनेकी हुँः पम्फा भुसाल

'अब ललितपुरवासिले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ। स्वच्छ वातावरणमा रहेर सामाजिक, आर्थिक गतिविधि गर्न पाउनुपर्दछ। त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार निर्माण गर्ने र ललितपुरबासिले गर्व गर्न लायक शहर निर्माण गर्न म विगतमा झैँ प्रतिवद्ध छु।’

महिला न्यायीक फैसला गर्छन्, एमालेलाई भोट हाल्छन्ः नेता बस्नेत

'मल ल्याउने केपी ओली की मल ल्याउन नसक्ने शेरबहादुर देउवा ठीक? उद्योग खोलेर रोजगारीको वातावरण सिर्जना गर्ने ठीक की उद्योग बेच्ने देउवा ठीक? विभिन्न प्रकारका बिना धितोका सफ्ट लोनको दिएर रोजगारीको वातावरण सिर्जना गर्ने ओली ठीक की अर्थतन्त्र नै चौपट्ट पार्ने देउवा ठीक?'

मोरङ पुगेर रेखाले भनिन्: म सपना सुनाउन होइन, समस्या सुन्न आएको हो

'बाटो उस्तै पिच भए हुन्थियो। यहाँ सिंहदेवी मन्दिर छ। बाटो पिच भए हामीलाई त्यहाँ जान सहज हुने थियो। आज उहाँ (रेखा) एउटा नारी भएर हिम्मतका साथ हाम्रो घरदैलोमा आउनुभएको छु, उनले भनिन्, 'के का लागि भन्दा उहाँ यो ठाउँको विकास गरौं भनेर नै हो। यहाँको समस्या हटाउन नै हो।'

मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ: प्रकाशमान सिंह

'म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ। त्यसैले क्षेत्रमा विकास गर्नेसँगै केन्द्रमा प्रभाव पार्ने उम्मेदवार म हुँ, उनले भने।

नेपाली काँग्रेसको पालामा भएको संसद विकास कोषको हिसाब देखाउन महेश बस्नेतको चुनौती

यसअघि भक्तपुर क्षेत्र नं २ बाट काँग्रेसले जित्दा आउने १६ करोड बजेट काँग्रेसले आफ्ना आसेपासेको लागि खर्च गरेको आरोप उनले लगाए। आफूले भने यस क्षेत्रको भौतिक विकासमा खर्च गरेको उनले बताए। उनले आफूले गरेको खर्चकोबारे सम्पूर्ण तथ्यांक दिनसक्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्