९ मंसिर २०८१ आइतबार
image/svg+xml

सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यू, श्रीमान सम्पर्कविहीन

सुत्केरी गराउन उदयपुर अस्पताल ल्याइएकी एक महिलाको मृत्यूलगत्तै श्रीमान बेपत्ता भएपछि शव बेवारिसे भएको छ। आइतबार बिहान अस्पताल भर्ना भएकी २६ वर्षीया सरिस्मा बुढाथोकीको सुत्केरी हुनुअगावै मृत्यू भएको तथा श्रीमान प्रेम बुढाथोकी सम्पर्कविहीन भएको अस्पतालले जनाएको छ।

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

पर्साको जीराभवानी गाउँपालिका–३ परसवाकी नितु देवी पासवानको हत्याको आरोपमा प्रहरीले उनका श्रीमान रामबाबु पासवानलाई पक्राउ गरेको छ।

निर्दयी श्रीमानः जसले माछा तार्दै गरेको तेलमा श्रीमतीको अनुहार डुबाइदिए

यहाँको दुधौली नगरपालिका–४ मा आफ्नै श्रीमानले श्रीमतीलाई तातो तेलमा डुबाएका छन्।

श्रीमान नै काल बन्न खोजेपछि...

सँगै जिउने र सँगै मर्ने कसम खाएर विवाह बन्धनमा बाँधिएकी भावना बोहरालाई पतिले नै मार्न अनेक हत्कण्डा अपनाउँछन् भन्ने कल्पनासम्म गरेकी थिइनन् । तर, भइदियो उनले कल्पना नगरेकै कुरा । गौरीगंगा नगरपालिका–७, वसन्तटोलकी २८ वर्षीया भावनालाई उनकै पति गगनसिंह बोहराले कैलालीबाट दाङको जंगलमा लगेर बेहोस हुनेगरी कुटपिट गरी छोडेर बेपत्ता भएका छन् ।

श्रीमानले छोड्दा गुमेको होस

बाचुन्जेलसँगै बस्ने र सुख दुःखमा साथ दिने जो कोही विवाहित जोडीको बाचा हुन्छ। दुःख हुँदा साथ दिने र खुसी हुँदासँगै रमाउने कुन विवाहित जोडीको रहर नहोला, तर दैलेख भैरव–३, कोइराला गाउँकी मट्टु तिमिल्सेनाको भने बाचा पूरा भएन। विवाह बन्धनमा बाँधिएको १८ वर्षपछि श्रीमान्ले दोस्रो विवाह गरे।

पतिको अण्डकोेष काटेर हत्या गर्न खोज्ने श्रीमती पक्राउ

आफ्नै पतिको अण्डकोष काटेर घाइते बनाउने म्याङलुङ नगरपालिका ३ बस्ने चन्द्र माया रसाईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार राति पति फौदबहादर रसाइलीको अण्डकोष काटेर हत्या गर्न खोजेको अभियोगमा चन्द्रमायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका  प्रमुख डिएसपी   प्रधानले जानकारी दिए।

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ।

श्रीमतीले बहुविवाहको उजुरी दिएपछि प्रेमिकासँग मृत फेला परे श्रीमान

श्रीमती हुँंदाहुँंदै अर्कैसँंग प्रेम गरेर बसेपछि भक्तपुरमा दुई जनाको अकालमा ज्यान गएको छ। श्रीमतीले श्रीमानविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि प्रेमिकासँंगै मंगलबार एकै ठाउँमा झुण्डिएर आत्महत्या गरेका अवस्थामा जोडी भेटिएको हो।

किन बढ्दैछ सम्बन्ध बिच्छेद? न्यायाधीशले सुनाए मुख्य कारण

जुनी–जुनी साथी मानिने श्रीमान्–श्रीमतीको सम्बन्ध आधुनिकतासँगै कमजोर हुँदै गएका बेला सम्बन्ध बिच्छेदलाई सहज रुपमा लिन थालिएको छ। जिल्ला अदालतमा गत आर्थिक वर्ष(आव) २०७५/७६ मा कुल मुद्दाको एक चौथाई बढी अर्थात् २७ दशमलव १० प्रतिशत सम्बन्ध बिच्छेदको परेको छ।

श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

मैवाखोला गाउँपालिका–५ फाकुम्बामा श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका छन्।

बिदेसिएका श्रीमानकाे प्रतीक्षामा २६ वर्ष

घरको आर्थिक समस्या हल गर्न बिदेसिएका श्रीमान् उतै हराएपछि दिलसराले कष्टका साथ बालबच्चा हुर्काइन्। चार छोरीको विवाह भइसकेको छ। हाल उनी छोरासँग बसिरहेकी छन्।

२६ वर्षदेखि श्रीमानको प्रतिक्षा

२६ वर्षअघि विदेशिएका श्रीमान नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। उनी मलेशिया जाँदा ३ वर्ष पुगेका कान्छो छोरा बिशाल हाल २९ वर्षका भए।

श्रीमानद्वारा जलाउने प्रयास गरिएकी यादवको निधन

श्रीमानद्वारा मट्टितेल छर्की जलाउन प्रयास गरिएकी धनुषाको शहीदनगर नगरपालिका वडा नं १ कि २० वर्षीया निर्मलाकुमारी यादवको सोमबार उपचारका क्रममा निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्