९ मंसिर २०८१ आइतबार
image/svg+xml

घर भत्किँदा श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

जुम्लामा निर्माणाधिन घर भत्किदा एक जनाको मृत्यु भएको छ।  गुठिचौर गाउँपालिका ५ धिताचौरमा बनाउँदै गरेको घर भत्किदा चन्दननाथ नगरपालिका ५ का ५१ बर्षिया रत्नराज गिरीको मृत्यु भएको हो भने उनकी ४९ बर्षिया पत्नी हरिदेबी गिरी गम्भीर घाईते छिन्।

मन्त्रीको विदेश सयरमा विज्ञको साटो श्रीमान्

सरकारी खर्चमा हुने विदेश भ्रमणको कोटामा सकेसम्म परिवारका सदस्यलाई लिएर जाने परम्परा सामान्य भइसकेको छ। यही परम्परा पछ्याउँदै कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले श्रीमान् लिएर विदेश भ्रमण गरेकी छन्।

पुनः सन्दर्भीकरण

सोसल मिडियामा सम्बन्धको विषयलाई लिएर एक जोडीबीच आदान–प्रदान भएको चिठी निकै भाइरल भएको थियो। श्रीमानले आफ्नो असन्तुष्टि श्रीमतीलाई चिठीमार्फत व्यक्त गरेका थिए। जब मनमा लागेको कुरा फेस टु फेस भन्न सकिँदैन त्यतिबेला चिठीको सहारा लिइन्छ। ती श्रीमान्ले पनि चिठीकै सहायता लिए।

श्रीमतिको हत्या गरी आफैं आत्महत्या

कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा एक व्यक्तिले श्रीमतिको हत्या गरी आफैं आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमति रमा चौधरीको हत्या गरी आफैं आत्महत्या गरेका छन्।

श्रीमानद्वारा श्रीमतीमाथि एसिड प्रहार, चार जना पक्राउ

भरतपुर महानगरपालिमा श्रीमानले नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन्। वडा २४ को ध्रुव्रमा रहेको माइतीमै बसेकी २० वर्षीया डोल्मा रुम्बालाई उनका श्रीमानले एसिड प्रहार गरेका हुन्।

श्रीमतीको नाममा व्रत

श्रीमानको आयु बढाउन तिजमा कति महिला मात्रै व्रत बस्ने ? श्रीमतीको आयु बढाउन श्रीमान् पनि व्रत बसे हुन्न र? तिजमा पुरुषले पनि व्रत बसे हुन्न र ? भनी प्रश्न गर्न थालिएको र बहस सुरु भएको एकाध वर्ष भयो । कतिले सह–अस्तित्वको सवाल उठाउँदै त कतिले सहप्रेमलाई जोडेर महिला मात्रै किन व्रत बस्ने भन्ने सवाल उठाइरहेका छन् । तिजमा पुरुष व्रत बस्नै हुन्न त ?

जब सुकुमायाका पतिले आत्महत्या गरे

रसुवा थुमनकी देलामो तामाङ । अभिभावकको रहरअनुसार १४ वर्षकै उमेरमा उनको विवाह भयो । पढ्न–लेख्न जानेकी छैनन् । १५ वर्षमै पहिलो सन्तान छोरा जन्माइन् ।

श्रीमतीको पिटाइबाट श्रीमानकाे मृत्यु

घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीको पिटाइबाट श्रीमानकाे मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका  ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ।

श्रीमति पीडित श्रीमानका उजुरी बढ्दै

वैदेशिक रोजगारले पत्नी पीडित श्रीमानका उजुरी बढेका छन्। गाउँपालिकाको न्यायिक समितिमा श्रीमान उजुरी लिएर जान थालेका छन्।

श्रीमान् कुर्दाकुर्दै इन्फर्टिलिटी

हाम्रो समाजमा सन्तान नहुने कुरा सामाजिक, धार्मिक कुराले पनि जोडिन्छ । अनि बच्चा नभएपछि आउने भेदभाव दबाबले पनि दम्पतिमा मानसिक तनाव बढ्छ । त्यसले गर्दा पनि श्रीमान्हरुमा सफल यौन कार्यमा समेत बाधा पुग्छ ।

प्रेमीसँग मिलेर श्रीमानकाे हत्या

कञ्चनपुरको पुनर्वास नगरपालिकाका – २ तेजबहादुर बिष्टलाई उनकी श्रीमती लक्ष्मी बडेलाले प्रेमीसँग मिलेर हत्या गरेकी छन्।

ताप्लेजुङमा श्रीमतीले गरिन् श्रीमानको हत्या

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमानलाई तीन वर्ष कैद

आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन बर्ष कैद सजाँय हुने फैसला गरेको छ।

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ (बलुवा टोल) मा विहीबार दिउँसो एक पुरुषले खुकुरी प्रहार गरी आफ्नै पत्नीको हत्या गरेका छन्। सोही ठाउँका परमेश्वर यादव(३५)ले पत्नी सुनिता देवी यादव(३२)लाई घाँटिको पछाडि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले जानकारी दिए।

श्रीमतीबाट श्रीमान् पीडित भएका घटना बढे

श्रीमान्–श्रीमतीको झगडामा पहिले श्रीमान् पीडक र श्रीमती पीडित हुन्थे । अहिले श्रीमतीबाट श्रीमान् पीडित भएका केही घटना प्रहरीसम्म आइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्