२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

घर भत्किँदा श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

जुम्ला - जुम्लामा निर्माणाधिन घर भत्किदा एक जनाको मृत्यु भएको छ।  गुठिचौर गाउँपालिका ५ धिताचौरमा बनाउँदै गरेको घर भत्किदा चन्दननाथ नगरपालिका ५ का ५१ बर्षिया रत्नराज गिरीको मृत्यु भएको हो भने उनकी ४९ बर्षिया पत्नी हरिदेबी गिरी गम्भीर घाईते छिन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सिताराम रिजालका अनुसार उद्दार गरेर अस्पताल पुर्याइसकेपछि उपचारका क्रममा पतिको मृत्यु भएको हो।

निर्माणाधिन अवस्थामा रहेको घर भत्केको खबर पाउने बित्तिकै प्रहरी निरीक्षक नविन ओली नेतृत्वको टोली उद्दारका लागि घटनास्थल पुगेको थियो। मृतक गिरीकी पत्नी हरिदेवीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ। धिताचौरमा मृतक गिरी स्याउ बगैंचा रेखदेखको लागि घर बनाउँदै थिए।

प्रकाशित: १४ चैत्र २०७५ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App