११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रकाश जंग थापा


प्रकाश जंग थापाका लेखहरु :

गलत बुझाइको सम्भाव्यता

एउटा सानो गाउँमा एक जना धनी व्यक्ति थिए। उनी जति धेरै धनी थिए त्यति नै बढी कन्जुस थिए। उनी यतिसम्म लोभी थिए कि उनको घरमा भिक्षा माग्न आउने भिक्षुकलाई पनि खाली हात फिर्ता पठाइ दिन्थे। त्यसैले त्यो गाउँमा आउने सम्पूर्ण नयाँ भिक्षुकलाई ती धनी व्यक्तिको घरमा नजान विशेष आग्रह गरिन्थ्यो।

लैङ्गिक विविधताको पाठ

एउटी महिला साथीले बेलुकी नौ बजेतिर एउटा सानो सहयोग चाहियो भन्दै फेसबुक म्यासेन्जरमा सन्देश पठाइन् । ती महिला साथी नियमित जसो फेसबुकमा आकर्षक फोटोहरु पोस्ट गर्ने गर्छिन् । त्यस दिन फेसबुकमा फोटो पोस्ट गर्दा के क्याप्सन राख्ने भन्ने दुविधामा रहिछन् ।

पारिश्रमिक दासताको उन्मूलन

मानव भएर जन्म लिएपछि आराम गर्ने, अल्छी गर्ने छूट कसैलाई हुँदैन । निरन्तर परिश्रम गर्नुपर्छ । कुनै एउटा कार्य वा परियोजनामा आबद्ध हुनुपर्छ । आखिर किन ? यति धेरै काम र परिश्रम केका लागि ? छोटो उत्तर छ– जीवित रहन ।

विश्वासको यांत्रिकी

संसारको ९९ प्रतिशत मानिसलाई ज्ञान–मीमांसा/ज्ञान–पद्धति शास्त्रको बारेमा कुनै जानकारी नै छैन । भनाइको तात्पर्य उनीहरुलाई ज्ञानको सिद्धान्त, विश्वासको परिभाषा र कार्यविधिबारे सामान्य ज्ञान पनि छैन । मुख्यतः विश्वास, धारणा, विचार समाज र संस्कृतिबाट आउँछ । हामी जुन समाजमा हुर्केका छौँ, त्यो समाज जागृत छैन । यसको अर्थ हो, हामीले समाजबाट जति पनि विश्वास लिएका छौँ, त्यसले हाम्रो अनुभूति विकृत बनाएको छ । चेतनाको स्तर बढाउन कुनै भूमिका खेलेको छैन र हामी जागृत छैनौँ ।

सफल जीवनका चार अध्याय

एप्पल कम्पनी उत्कृष्ट ब्राण्ड मध्य एक हो। यसमा कुनै संदेह छैन। यस कम्पनीप्रति आकर्षित नहुने सायदै होलान्। विश्वभरका करोडौं उपभोक्ताहरुको लागि यस कम्पनीको हरेक उत्पादनहरू बहुप्रतिक्षित रहन्छन्। चाहे त्यो जति नै महङ्गो किन नहोस्। उनीहरु यस कम्पनीले दिने सेवा र सुविधा प्रति भावनात्मक रुपमा जोडिएका हुन्छन्।

रणनीतिक सोचका खम्बाहरु

रणनीतिक सोच भनेको के? यस प्रकारको सोच राखे के हुन्छ? नराखे के हुन सक्छ? कस्तो परिणाम आइपर्न सक्छ? यसको खम्बाहरु के–के हुन्?

बुद्ध हिँड्ने बाटो

‘दि अक्स’ अर्थात् बुद्ध बन्नका लागि दश चरणबारे बृहत् वर्णन गरिएको छ। यी चरणहरु ज्ञानोद्दीप्ति प्राप्तिका लागि म्याप हो। कोही व्यक्ति एन्लाइटेन्ड (प्रबुद्ध) भए पनि ज्ञानोद्दीप्तिका अरु धेरै चरणहरु पार गर्न बाँकी रहेको र विनम्र रहन मार्गनिर्देशन दिलाउँछ। यिनै चरणहरु एकएक गरेर संक्षेपमा व्याख्या गरौँ।

आदर्श अभिभावकत्वको कला

बच्चाहरु थरीथरीका हुन्छन्। कोही डेन्डेलिओन जस्ता हुन्छन् त कोही सुनगाभा जस्ता। कोही भने होपफूल मोन्सटर (आशवान राक्षस) हुन्छन्। डेन्डेलिओनहरू खासै सुन्दर फूल होइनन्, ती फूल लचिला हुन्छन्। जस्तोसुकै प्रतिकूल वातावरणमा पनि फस्टाउँछन्।

सम्बन्धको ब्रेकिङ प्वाइन्ट

मध्यरातको समय फेसबुक म्यासेन्जरमा घण्टी बज्यो। निद्रामै फोनतिर लम्किएर हेरेँ। युकेबाट चुलबुल पाण्डे दिदीको फोन रहेछ। उहाँलाई जिस्काउने मनसायले होइन कि प्रेम व्यक्त गर्ने हिसाबले चुलबुल पाण्डे भन्थ्यौँ हामी।

प्रेमविज्ञान

प्रेम के हो ? परिभाषा दिनु त्यति उपयुक्त नहोला। यो त अनुभूत गर्ने विषय हो न कि व्याख्या। यस विषयमा जानकारी नराख्ने, आकर्षित नहुने को होला र ! के बच्चा, के तन्नेरी, के बुढा सबैलाई  प्रेम चाहिन्छ। सबै प्रेम अनुभूत गर्न चाहन्छन्, व्यक्त गर्न चाहन्छन्। उनीहरुको प्रेम व्यक्त गर्ने वा अनुभूत गर्ने तरिका फरक हुन आउँछ।

पुनः सन्दर्भीकरण

सोसल मिडियामा सम्बन्धको विषयलाई लिएर एक जोडीबीच आदान–प्रदान भएको चिठी निकै भाइरल भएको थियो। श्रीमानले आफ्नो असन्तुष्टि श्रीमतीलाई चिठीमार्फत व्यक्त गरेका थिए। जब मनमा लागेको कुरा फेस टु फेस भन्न सकिँदैन त्यतिबेला चिठीको सहारा लिइन्छ। ती श्रीमान्ले पनि चिठीकै सहायता लिए।

चार श्रीमतीका धनी

राजाको जस्तै हाम्रो पनि चार वटी श्रीमती हुन्छन् । चौथी श्रीमती हाम्रो शरीर हो । हाम्रो मृत्युपछि शरीर माटोमा विलिन हुन्छ र हामीसँगै जान सक्दैन । तेस्री पत्नी हामीले कमाएको धन सम्पत्ति हो । मृत्युपश्चात् बाँडफाँड गरिन्छ । त्यसकारण तेस्रो पत्नीले राजाको मृत्युपछि अर्को बिहे गर्छु भनेकी हुन् । दोस्री पत्नी भनेको हाम्रो साथीभाइ र परिवार हुन् । हाम्रो मृत्युपछिको मलामी यिनीहरु नै हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्