७ वैशाख २०८१ शुक्रबार
ब्लग

चार श्रीमतीका धनी

एक जना राजाका चार श्रीमती थिए । सबैलाई उनी पे्रम गर्थे । एक दिन अचानक बिरामी भए । दिनहरु बित्दै गए तर उनी स्वस्थ हुन सकेनन् । दिनदिनै उनको स्वास्थ्यस्थिति खस्कँदै गयो । निको हुने छाँट देखिएन । विभिन्न औषधि उपचार गरिँदा पनि स्वास्थ्यमा कुनै सुधार आएन । लामो समय सम्मको सिकिस्त बिरामीले उनलाई गलायो । आफू मृत्यु नजिक पुगेको महसुस गरे । मृत्युलाई आत्मसात गरे पनि उनलाई एउटा कुराले पिरोल्न थाल्यो । मृत्यु पछिको जीवनमा आफू एक्ले पर्छु कि भन्ने डर उनमा पैदा भयो । उनी मृत्युउपरान्त पनि आफ्ना श्रीमतीको साथ चाहन्थे ।

राजाको जस्तै हाम्रो पनि चार वटी श्रीमती हुन्छन् । चौथी श्रीमती हाम्रो शरीर हो । हाम्रो मृत्युपछि शरीर माटोमा विलिन हुन्छ र हामीसँगै जान सक्दैन । तेस्री पत्नी हामीले कमाएको धन सम्पत्ति हो । मृत्युपश्चात् बाँडफाँड गरिन्छ । त्यसकारण तेस्रो पत्नीले राजाको मृत्युपछि अर्को बिहे गर्छु भनेकी हुन् । दोस्री पत्नी भनेको हाम्रो साथीभाइ र परिवार हुन् । हाम्रो मृत्युपछिको मलामी यिनीहरु नै हुन् ।

एक दिन राजाले आफ्नी चौथी पत्नीलाई बोलाएर सोधे, ‘म मर्ने बेला भयो, मृत्युपछि पनि मलाई तिम्रो साथ चाहिएको छ । के तिमी मसँगै मृत्युवरण गर्छौ ?’ राजा चौथी पत्नीलाई औधि प्रेम गथ्र्यो । संसारभर पाइने सबै उपहार उसैका नाममा राजाले गरिदिएका  थिए । विभिन्न आकर्षक लुगा र गहनाले सजाएका थिए । त्यसैले उनमा चौथी पत्नीप्रति मृत्युपरान्त पनि निकै भरोसा थियो । तर चौथी पत्नीले राजाको आग्रह ठाडै अस्वीकार गरिन्, भनिन्, ‘माफ गर्नु होला । मबाट त्यो काम हुन सक्तैन । मेरो उमेर अझै पनि लाउलाउँ–खाउँखाउँकै छ । त्यसैले तपाईंसँगै आगोमा पोलिन म तयार छैन ।’
त्यसपछि राजाले तेस्री पत्नीलाई आफ्नो इच्छा राखे । तेस्री पत्नीप्रति उनको सम्मान थियो । राजकीय भ्रमणमा उनी छुट्दिन थिइन् । उनीसँगै यात्रामा रहँदा राजा निकै गर्व गर्थे । उनले तेस्री पत्नीलाई भने, ‘के तिमी मसँगै  मृत्युवरण गर्न राजी छौ ? म मृत्युपछिको जीवनमा एक्लो हुन चाहन्न । साथ दिन तयार छौ ?’

राजाको आग्रहले उनी चकित भइन् र भनिन्, ‘मलाई माफ गर्नु होला । म मेरो जीवनलाई प्रेम गर्छु । मलाई तपाईंसँग सती जान कुनै सोख छैन । म तपाईंको मृत्युपछि अर्को विवाह गरेर नयाँ जीवनको सुरुवात गर्नेछु ।’

तेस्री पत्नीबाट पनि सकारात्मक सङ्केत नआएपछि राजाले आफ्नो चाहना दोस्री पत्नीसँग राख्ने निधो गरे । उनले दोस्री पत्नीलाई विशेष जोड दिँदै भने, ‘तिमी मसँगै हिँड, मृत्युपछि म एक्लै हुन्छु । मलाई तिम्रो साथ चाहिन्छ ।’ दोस्री पत्नीलाई राजाको यस्तो अनुरोध स्वीकार्य थिएन । उनले भनिन्, ‘म तपाईँको जीवनभर सेवामा हाजिर भएँ । सुख दुःखमा साथ दिएँ तर तपाईंसँगै मृत्युवरण गर्ने कुरामा म सहमत हुन सक्दिनँ । एउटा काम भने गर्न सक्छु, तपाईंको मृत शरीरको दाहसंस्कारको विशेष व्यवस्था मिलाउँछु । मानिसले युगयुगसम्म तपाईंको दाहसंस्कार स्मरण गर्नेछन् । मेरो तर्फबाट हुन सक्ने भनेको यत्ति हो ।’

दोस्री पत्नीबाट पनि निराशा नै हात परेपछि राजा निकै दुःखी भए । त्यही बेला एउटा आवाज आउँछ, ‘म दिन्छु तपाईंलाई साथ । तपाईं बाँचुञ्जेलसँगै हुन नपाए पनि तपाईंको मृत्युपछिको जीवनमा म सँगै हुनेछु । मेरालागि त्यही ठूलो आत्मसन्तोषको कुरा हुनेछ । म तपाईंसँगै मृत्युवरण गर्न राजी छु ।’ यो आवाज पहिलो श्रीमतीको थियो । पहिलो पत्नीको यति ठूलो महानता र समर्पण देखेर राजा लज्जित भए । आफूले पहिलो श्रीमतीप्रति वर्षौंदेखि गरिरहेको अन्याय महसुस गरे । उनलाई हेर्दै राजाले भने, ‘मलाई माफ गरिदेऊ । मैले तिम्रो पे्रम बुझ्न सकिनँ । तिमीलाई मैले त्यति धेरै ख्याल र प्रेम दिन सकिनँ । म बाचुञ्जेल तिमीलाई नै प्रेम दिएको भए जीवन अर्थपूर्ण हुने थियो ।’

यस कथामा राजाको जस्तै हाम्रो पनि चार वटी श्रीमती हुन्छन् । चौथी श्रीमती हाम्रो शरीर हो । हाम्रो मृत्युपछि शरीर माटोमा विलिन हुन्छ र हामीसँगै जान सक्दैन । तेस्री पत्नी हामीले कमाएको धन सम्पत्ति हो । मृत्युपश्चात् बाँडफाँड गरिन्छ । त्यसकारण तेस्रो पत्नीले राजाको मृत्युपछि अर्को बिहे गर्छु भनेकी हुन् । दोस्री पत्नी भनेको हाम्रो साथीभाइ र परिवार हुन् । हाम्रो मृत्युपछिको मलामी यिनीहरु नै हुन् ।

यद्यपि यिनीहरु हाम्रो मृत्युपछिको जीवनमा सँगै हुन सक्दैनन् । अझ यसो भनौँ, हामीसँगै मृत्युवरण गर्न राजी हुँदैनन् । अन्त्यमा पहिलो पत्नी भनेको हाम्रो आत्मा हो । आत्मा अमर हुन्छ र हरदम हाम्रै साथ रहन्छ । त्यसैले आफ्नो शरीरको ख्याल गरौँ । शरीर स्वस्थ राखौँ । हामीले पाएका सुखसुविधाको भरपुर सदुपयोग गरौँ । कहिल्यै घमण्ड नगरौँ । हाम्रा साथीभाइ र परिवारलाई पनि सम्मान गरौं । उनीहरुसँग समय बिताऊँ । सहयोग आदान प्रदान गर्ने गरौँ । अन्ततः हामीले सबैभन्दा कम ख्याल गर्ने भनेको आत्मा नै हो । आफ्नो आत्मालाई अधिकतम ख्याल गर्न कहिल्यै नभुलौंँ । यसको लागि गर्ने के ? आफ्नो लागि समय छुट्याऊँ । एकान्त ठाउँमा ध्यान गरौँ । यसले आत्मालाई स्वच्छ र थप मजबुत राख्न मद्दत गर्छ । आत्मा नै हाम्रो विश्वासिलो साथी हो । सन्तुलित राख्न सके मृत्युपछि हाम्रो आत्मा भड्किने छैन । शुक्रवार साप्ताहिकबाट

प्रकाशित: २ वैशाख २०७५ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App