११ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रहरीलाई बाहिर निस्कन बन्देज

विश्वव्यापी रूपमा फैलिरहेका कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम नेपालमा पनि बढिरहेका बेला सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ।

गुल्मभित्रै सशस्त्र प्रहरी जवानको शव झुण्डिएको अवस्थामा फेला

पथलैयामा रहेको राजश्व अनुसन्धान एकाई कार्यालयको सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको शव ब्यारेकभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ।

प्रहरी गणमा बाहिर निस्कन बन्देज

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेका बेला कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ। प्रहरी गणमा रहेका प्रहरीहरु बाहिर निस्कन बन्देज गरिएको हो। उनीहरुले भित्रै तालिमदेखि अन्य कार्यालयका कामहरु गर्ने गरेका छन्।

यात्रुमैत्री चालकलाई प्रहरीको सम्मान

जिल्ला प्रहरी कार्यालय खोटाङले दुई यात्रुमैत्री चालकलाई सम्मान गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको मूल्यांकन र सिफारिसमा जिल्ला प्रहरी कार्यालयले बसका चालक चन्द्रनारायण श्रेष्ठ र सुमो चालक हरिकुमार तामाङलाई सम्मान गरेको हो।

'चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा

चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन्। दैलेखकै एक युवकले ५० लाख भारतीय रुपैयाँ चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन्।

प्रहरी र अस्पतालको सचेतनामूलक कार्यक्रम

कोरोना भाइरस (कोभिड–१९) बारेमा इलाका प्रहरी कार्यालय बनेपाले आइतबारदेखि सचेतना जगाउने र मास्क वितरण कार्यक्रम सुरु गरेको छ।

राजधानीमा मासिक सयकाे हाराहारीमा सवारी दुर्घटना

चालकले ट्राफिक नियम पालना नगर्दा र हतारमा सवारी चलाउँदा आफैँलाई जोखिममा राख्ने गरेकाले सचेत हुनुपर्ने आवश्यकता देखिन्छ।

आरक्षण सिटको अनुगमनमा प्रहरी परिचालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आरक्षण सिट सहि प्रयोग भए वा नभएको अवस्थाको अनुगमनम गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ।

लत्ताकपडा गुणस्तरहीन

नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो।

एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा

ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ। होली पर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो।

अवहेलना मुद्दा खारेजीको माग गर्दै प्रहरी महानिरीक्षक सर्वोच्चमा

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै खारेजको माग गरेका छन्। मंगलबार सर्वोच्च अदालतमा महानिरीक्षक ज्ञवाली आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका हुन्।

आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते

सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।

प्रहरीका लत्ताकपडा खरिदमा अनियमितता

नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो।

प्रदेश प्रहरी समायोजन फागुनभित्रै

प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा नयाँ ऐन बनेपछि प्रदेश मातहतमा फागुनदेखि नै प्रहरी समायोजन गर्नेगरी तयारी अघि बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्