११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

यात्रुमैत्री चालकलाई प्रहरीको सम्मान

यात्रुमैत्री चालकलाई सम्मान गर्दै डिएसपी बामदेव गौतम । तस्बिर : नागरिक

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले दुई यात्रुमैत्री चालकलाई सम्मान गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको मूल्यांकन र सिफारिसमा जिल्ला प्रहरी कार्यालयले बसका चालक चन्द्रनारायण श्रेष्ठ र सुमो चालक हरिकुमार तामाङलाई सम्मान गरेको हो।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ट्राफिक नियमको पालना, यात्रुसँगको व्यवहार, सवारी साधनको गति, मदिरा सेवन नगर्ने लगायतका आधारमा चालकद्धयलाई सम्मान गरिएको हो।

सवार यात्रुबाट ट्राफिक प्रहरीले प्राप्त गरेको प्रतिक्रियाका आधारमा छानिएका चालकलाई डिएसपी बामदेव गौतमले खादा सहितको सम्मान–पत्र प्रदान गरेका हुन्। ‘सवारी दुर्घटना न्यूनीकरण गर्न, यात्रुसँग असल व्यवहार गर्न तथा ट्राफिक नियम पालना गरेको आधारमा ट्राफिक प्रहरीको मूल्यंकनमा चालकलाई सम्मान गरिएको हो,’ डिएसपी गौतमले भने, ‘ट्राफिक प्रहरीले यात्रुबाट लिएको फिडब्याकका आधारमा समेत उत्कृष्ट चालक छनोट गरिएको हो।’

 

प्रकाशित: ४ चैत्र २०७६ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App