११ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रहरी छैनन् कोरोनाबारे सचेत

सबैजसो सरकारी कार्यालयहरूले कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतता अपनाइरहेको बेला प्रहरी कार्यालयहरूमा भने यसबारे कुनै पूर्वतयारी तथा सचेतताका कार्यक्रम गरिएका छैनन्।

सशस्त्र प्रहरीद्वारा लाखौको गाँजा बरामद

सशस्त्र प्रहरी बल रौतहटले लाखौँ मूल्य पर्ने गाँजा बरामद गरेको छ। रौतहटको लक्ष्मीपुर बेलबिछवास्थित सशस्त्र प्रहरी बलको युनिटले लाखौँको गाँजा बरामद गरेको हो।

नम्बरप्लेट स्पष्ट नभएका सवारी कारबाहीमा

महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको सवारी चलाउने चालकलाई कारबाही सुरु गरेको छ।

प्रहरी कस्तो साथी ?

घटना गएको शुक्रबारको हो। पूर्वजर्नेल हेम खत्रीले आफूलाई कान्छी श्रीमतीका रूपमा २२ वर्षदेखि सम्बन्ध राख्दै आएको तर अहिले आएर स्वीकार नगरेको दाबीसहित एक महिला केही आफन्तसहित गएकी थिइन् उनको घरमा।

लाठी प्रहार गर्ने प्रहरीमाथि कारबाही सुरु

भैंसेपाटीमा एक महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडलेमाथि कारबाही पक्रिया सुरु भएको छ। भैसेपाटी प्रहरी प्रभाग इन्चार्जका रूपमा रहेका पौडेललाई शनिबार परिसर बोलाएर कारबाही थालिएको हो।

छिट्टै प्रदेश प्रहरी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले छिट्टै प्रदेश प्रहरी गठन गर्ने तयारी भएको बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्वतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै मन्त्री थापाले प्रदेश सरकारको मातहतमा रहेर शान्ति सुरक्षा दिनेगरी छिट्टै नै प्रदेश प्रहरी गठन गर्न लागिएको बताए।

इन्स्पेक्टरद्वारा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार

ललितपुरको भैसेपाटिस्थित एक इन्स्पेक्टरले महिलामाथि लाठी प्रहार गरेका छन्। महानगरिय प्रहरी प्रभाग बुंगमतीका इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेर एक पूर्व कर्नेलको घरमा आएकी महिलालाई लाठी प्रहार गरेका हुन्।

टिमुरेका प्रहरी निरीक्षक नेपालसहित १६ जना प्रहरी निलम्बनमा

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा परेका छन्। अवैध रूपमा भित्रिएको सुन प्रहरीले बाँडेर लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत १६ जना प्रहरीलाई एकैसाथ निलम्बन गरेको हो।

प्रहरीले थाल्यो सर्लाही इन्काउन्टरबारे सोधपुछ

नेत्रविक्रम चन्द ’विप्लव’ का तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको इन्काउण्टरबारे प्रहरी प्रधान कार्यालयले गोप्य सोधपुछ तथा अनुसन्धान थालेको छ। इन्काउन्टरमा संलग्न तीनैजना प्रहरीलाई केन्द्रमा तानेर सात दिनयता अनुसन्धान थालेको हो।

रुपन्देहीमा महिनापिच्छे उत्कृष्ट प्रहरी अवार्ड

रुपन्देही जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि असईसम्मका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले महिनापिच्छे पुरस्कृत गर्दै आएको छ। प्रहरी उपरिक्षक हेमकुमार थापाले जिल्लाको कार्यभार सम्हालेदेखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मूल्याङ्कन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिन लागिएको हो।

स्रोत नखुलेको २७ लाख नगद सहित चार जना पक्राउ

स्रोत नखुलेको रकमसहित पर्सामा एकै दिनमा बेग्लाबेग्लै ठाउँबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पछिल्लो समयमा हुण्डि कारोबार नियन्त्रण गर्ने उदेश्यले पर्सा प्रहरीले स्रोत बिनाको रकम ओसार पसारमा कडाई गरेको छ। सोही क्रममा उनीहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

एआइजी बन्न तानातान

नेपाल प्रहरीमा रिक्त तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सात प्रहरी नायब महानिरीक्षक (डिआइजी) बीच प्रतिस्पर्धा सुरु भएको छ।

सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी

उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड। दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ। सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती खेपिरहेका छन् नै, सडकमै दिन बिताउने ट्राफिक प्रहरी पनि यसको प्रत्यक्ष सिकार बन्ने गरेका छन्।

प्रहरीलाई उत्साहित हुन आग्रह

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानले बिहीबार प्रहरी मुख्यालयको अवलोकन गर्दै शान्ति सुरक्षा र प्रहरी कार्यालयको अवस्थाबारे जानकारी लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्