११ मंसिर २०८१ मंगलबार
image/svg+xml

उदयपुरका दर्जन बढी प्रहरी कार्यालय भवनविहीन

जनताको शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरी आफै साधन स्रोतसम्पन्न नभएर असुरक्षित हुन पुगेपछि जनताले कस्तो सुरक्षा पाउलान्? यस्तै प्रश्न उदयपुर प्रहरीको हकमा लागू हुन्छ। सदरमुकामस्थित जिल्ला प्रहरीदेखि बिभिन्न नाका, व्यापारिक केन्द्र तथा स्थानीय तहमा स्थापित इलाका तथा चौकी र अस्थायी चौकीहरु साधन स्रोत सम्पन्न हुन नसक्दा जिल्लाबासीको शान्ति सुरक्षामा खट्ने प्रहरीलाई समस्या भईरहेको छ।

अपराधी समात्ने आधार सिसी क्यामेरा

साउनयता ट्राफिक नियम मिच्ने, दुर्घटना निम्त्याउने, भाग्ने, अपराधमा संलग्न सात हजार तीन सय ७६ जनालाई सिसी क्यामेराकै आधारमा प्रहरीले पक्राउ गरेको छ।

तस्करीमा संलग्न प्रहरीलाई कारबाही

नेपाल–भारत सीमास्थित प्रहरी युनिटमा कार्यरत दुई प्रहरी चौकी प्रमुखलाई कारबाही गरिएको छ। नेपाल–भारत सीमामा हुने तस्करीमा संलग्न भएको आरोपमा प्रदेश प्रहरीले दुई प्रहरी चौकी इन्चार्जलाई कारबाही गरी प्रदेश प्रहरी कार्यालयमा तानेको छ।

तस्करीमा संलग्न दुई प्रहरी कारबाहीमा

नेपाल भारत सीमाको प्रहरी युनिटमा कार्यरत दुई प्रहरी चौकी प्रमुखमाथि कारबाही गरिएको छ। नेपाल भारत सीमामा तस्करी गराएको आरोपमा प्रदेश प्रहरीले दुई प्रहरी चौकी इन्चार्जलाई कारबाही गरी प्रदेश प्रहरी कार्यालयमा तानेको छ।

गैह्र व्यवसायीक आचरणलाई पूर्णरुपमा निर्मुल गर्छु : आईजीपी ज्ञवाली

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन्। बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाईदिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा बढुवा गरेको थियो।

ज्ञवाली २७औं प्रहरी प्रमुख: 'कानुन कार्यान्वयनमा मोलाहिजा हुन्न'

सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ। आइजिपी सर्वेन्द्र खनालसहित उनका ब्याची तीनजना एआइजी र १८ जना डिआइजीले ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अनिवार्य अवकाश पाएपछि मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई डिआइजीबाट सीधै आइजिपीमा नियुक्त गरेको हो। ज्ञवाली नेपाल प्रहरीको २७औं महानिरीक्षक बनेका छन्।

ठाकुर ज्ञवाली बने प्रहरी महानिरीक्षक

नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन्। मन्त्रिपरिषदको आज बसेको बैठकले ज्ञवालीलाई प्रहरीको २७ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रहरीको कारबाही फुकुवा गर्ने तयारी

कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धानको क्रममा बर्खास्त र निलम्बनमा परेका प्रहरी अधिकारीमाथिको कारबाही फुकुवा हुने सम्भावना बढेको छ।

प्रहरीसँगको मिलेमतोमै कालो कारोबार

गौंडा ढुकेर सीमा–नाकामा बसेको प्रहरीको विशेष टोलीले रोक्न खोज्दा तस्करहरू भाग्न थालेपछि प्रहरीले तीन राउन्ड हवाई–फायरसमेत गरेको थियो।

देवकोटा चोकमा राखियो डमी प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मन्थली बजारको सडक सुरक्षामा नयाँपनको थालनी गरेको छ। सदरमुकाम मन्थलीमा बढ्दो यातायातका साधनले जोखिम बढाउन सक्ने संभावना बढ्दै गएपछि सडकमा हिड्ने पैदल यात्रु र सवारी साधनको सुरक्षाका लागि ट्राफिक प्रहरीले थप प्रभावकारी गतिविधि सञ्चालन गर्न लागेको हो।

यस्तो रहेछ प्रहरी चौकी आक्रमण गर्नुको कारण (अप्डेट)

मादक पदार्थ सेवन गरेर लठ्ठिएको समूहले फेरि रक्सी थप्न नपाएको झोँकमा जिल्लाको तिपेनी प्रहरी चौकीमा आक्रमण गरेको खुलेको छ।

सम्झाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा, हवाइ फायर गरेपछि भागे आक्रमणकारी

मादक पदार्थ सेवन गरी होहल्ला गर्दै आएको समूहले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पिपेनी प्रहरी चौकीमा आक्रमण गरी इन्चार्जसहित दुई जनालाई गम्भीर घाइते बनाएका छन्।

अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन्। मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

घुससहित दुई ट्राफिक प्रहरी पक्राउ

रुपन्देहीमा दुई जना प्रहरी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले शुक्रबार गरेको छुट्टाछुट्टै अप्रेशनमा असई र प्रहरी जवान घुस लिँदै गर्दा पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्