काठेखोला गाउँपालिकाकी १२ वर्षीया बालिका एक सातादेखि बेपत्ता
काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता छिन्।
काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता छिन्।
अफगानिस्तानको दक्षिणी कान्दाहर प्रान्तमा रहेको एक चौकीमा आफ्नै सहकर्मीको आक्रमणमा परी कम्तीमा पाँच प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुल्तान मोहम्मद हकिमीले बताएका छन्।
माघ २९ गते प्रहरी आइजिपी सर्वेन्द्र खनालसहित उनका सबै ब्याचीले एकसाथ अवकाश पाउँदैछन्। उनीहरुलाई प्रहरी प्रधान कार्यालयले माघ २८ मा बिदाइको तयारी गरेको छ।
नेपाल प्रहरीभित्र समयमै बढुवा प्रक्रिया अघि नबढ्दा १ सय ४४ भन्दा बढी प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ।
खोटाङमा प्रहरीले बाल विवाह रोकेको छ। दुलहीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी पाएपछि प्रहरीले विवाह रोकेको हो। उमेर नपुगेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क मालाका १४ वर्षीया पम्फा भुजेल र भोजपुर अरुण गाउँपालिका–४ का २२ वर्षीय डम्बरहादुर भुजेलबीचमा मंगलबार हुन लागेको विवाह प्रहरीले रोकेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पाँच सय ४२ जनाको दरवन्दी भए पनि अहिले तीन सय जना मात्र कार्यरत छन्।
नेपाल प्रहरीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ।
वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले नियन्त्रणका लिएको छ।
खोलानालाहरुबाट नदीजन्य पदार्थको ठेक्का लिएका ठेकेदारहरुहरुले मापदण्ड बिपरित ढुंगा बालुवा, गिटी र ग्रेभल उत्खन्न गर्न थालेपछि बुधबारदेखि प्रहरी परिचालन गरिएको छ।
रतिवन्धित नेकपा विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा वर्दियामा गोली चलेको छ। विप्लव समूहका कार्यकर्ताले चलाएको गोली लागि प्रहरी जवान गंगा चौधरी घाइते भएका छन्। मधुवन नगरपालिका स्थित इलाका प्रहरी कार्यालय ढोढरीमा कार्यरत जवान चौधरीको तिघ्रामा गोली लागेको छ।
राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी छन्।
कर्णालीको प्रमुख पर्यटकीय स्थल रारा पुग्नको लागि आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकको शान्ति सुरक्षालाई मध्येनजर गर्दै नाग्मगमगडी सडकको बड्कीमा नयाँ प्रहरीचौकी स्थापना गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बल खोज तथा उद्दारमा असाधारण योगदान रहेको बताएका छन्। सशस्त्र प्रहरीको १९ आैं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थापनाको छोटो समयमा असाधारण योगदान पु-याएको बताएका हुन्।
नेपाल प्रहरी प्रमुख सर्बेन्द्र खनालले प्रहरीभित्रको ठेकेदारी प्रथालाई हटाईएको बताएका छन्। जिल्ला प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै उनले भने ‘सुशासनको सवालमा नेपाल प्रहरी अग्र भागमा छ। यहाँको नयाँ सुन्दर भवन जस्तै सेवा पनि सुन्दर र छरितो हुनुपर्छ।’
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा यात्रुलाई जेब्राक्रसिङ र आकाशे पुलबाट मात्र बाटो काट्न आग्रह गरेको छ। महाशाखाले केही दिनदेखि पैदलयात्रुलाई लक्षित गरी सडकको सुरक्षित प्रयोगका लागि सचेतना अभियान चलाइरहेको छ।