२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीले रोक्यो बाल विवाह

खोटाङ– खोटाङमा प्रहरीले बाल विवाह रोकेको छ। दुलहीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी पाएपछि प्रहरीले विवाह रोकेको हो। उमेर नपुगेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क मालाका १४ वर्षीया पम्फा भुजेल र भोजपुर अरुण गाउँपालिका–४ का २२ वर्षीय डम्बरहादुर भुजेलबीचमा मंगलबार हुन लागेको विवाह प्रहरीले रोकेको हो।

दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। प्रहरीले बाल विवाह रोकेपछि दुलहा पक्ष दुलहीविहीन फर्किएको छ। पम्फा स्थानीय चम्पावती माबिमा कक्षा ९ मा अध्ययनरत हुन्।

किशोरीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी आएपछि विवाह स्थलमा पुगेर बुझ्दा बाल विवाह हुन लागेको पाइएपछि रोक्नु परेको प्रहरीले जनाएको छ। ‘बाल विवाह हुँदैछ भन्ने जानकारी आएपछि प्रहरी पठायौँ। सोधपुछ गर्दा केटीको उमेर नपुगेको देखिएपछि विवाह रोकिएको हो,’ प्रहरी निरीक्षक खेरवारका अनुसार टिकाटालो गरी दुलही लैजाने गरी केटा पक्षबाट केही आफन्त जन्तीका रुपमा आएका थिए।

प्रकाशित: २२ माघ २०७६ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App