२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

५२ प्रहरी जवान हवल्दारमा बढुवा

काठमाडौं – नेपाल प्रहरीका ५२ जवान हवल्दारमा बढुवा भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले शुक्रबार एक कार्यक्रमबीच दज्र्यानी चिह्न प्रदान गर्दै बढुवा भएकाहरूलाई बधाई तथा शुभकामना दिए। पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटो बढुवा रहेको र ज्येष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र इमानदारीको मूल्यांकन गर्दै पदोन्नति गरिएको ढकालले बताए। ‘अनुशासन तथा इमानदारी फौजीको सबैभन्दा ठूलो गहना हो, पदमा आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गर्नुपर्छ,’ उनले भने, ‘आगामी दिनमा अझै परिष्कृत हुँदै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र ट्राफिक व्यवस्थापन कार्यमा सक्रिय रहनुपर्छ।’

ट्राफिक व्यवस्थापनको कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिक तथा कार्यदक्षतालगायत पेसागत जिम्मेवारी निर्वाहमा पु-याएको योगदानको उच्च मूल्यांकन गर्दै पदोन्नति गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए। अबका दिनमा पनि त्रुटिरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सामूहिक भावनाका साथ तल्लीन रहनुपर्छ,’ श्रेष्ठले भने, ‘आफूमाथि आएको जिम्मेवारी वहनमा सधैं अनुशासित रहेर काम गर्नुपर्छ। आफ्नो पृष्ठभूमिको कदरमा काम गर्नुपर्छ।’ कार्यक्रममा महाशाखाका प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति थियो।

प्रकाशित: १ चैत्र २०७६ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App