३ आश्विन २०८१ बिहीबार
image/svg+xml

माओवादी सांसदलाई प्रधानमन्त्रीको निर्देशन: ‘बजेट छलफलमा दमदार प्रस्तुति दिनू’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्धी पुष्पकमल दाहालले आफ्नो दलका सांसदहरुलाई बजेटको छलफलमा प्रभावकारी ढंगले सदनमा भाग लिन निर्देशन दिएका छन्।

मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना ‘गरेको श्रमाधान रोजगार मेला’ मधेश प्रदेशको जनकपुरमा आगामी शनिबार देखि सुरु हुने भएको छ ।

१६ लाख विदेशी पाहुना भित्र्याउने लक्ष्य निकै ‘पर’

आगामि आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारी भनाई रहेपनि त्यो अनुसारको योजना भने कतैपनि नरहेको सरोकारवालाको भनाई छ। कोरोना अघिको आकारमा बल्लतल्ल आगमन हुँदै गर्दा सरकारको १६ लक्ष्य निकै नै पर रहेको उनीहरुको भनाई छ।

गण्डकीः मुख्यमन्त्री पाण्डेसँगै मन्त्रीद्वय थापा र गुरुङले पनि लिए सपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई सपथग्रहण गराएका हुन्।

विदेशी पर्यटकको नेपाल बसाई अवधि १३.२ दिन

नेपाल आएका विदेशी पर्यटकको औसत बसाई अवधि १३.२ दिन रहेको पाइएको छ। सन् २०२३ मा नेपालमा सबैगरि १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटक भित्रिएका थिए। ती विदेशी पाहुनाको नेपाल बसाई अवधि १३.२ दिन रहेको पर्यटन मन्त्रालयले बताएको छ।

पोखरामा गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलन हुने

पोखरामा गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलन हुने भएको छ। गैरसरकारी संस्था (गैसस) महासंघको आयोजना तथा नागरिक संस्थाहरुको समन्वय र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा जेठ ११ र १२ गते नागरिक सम्मेलन हुने आयोजकले बताएको छ।

नेपाल भित्रिने विदेशी पर्यटकको उमेरः ३१ देखि ४५ वर्षका सबैभन्दा बढी

नेपाल भित्रिने विदेशी पर्यटक मध्ये सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेर समूहका हुने गरेका छन्। सन् २०२३ मा नेपाल भित्रिएका १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटकमध्ये ३ लाख १७ हजार १ सय ७० जना विदेशी पर्यटक ३१ देखि ४५ वर्ष उमेर समूहको रहेको पर्यटन मन्त्रालयको तथ्यांक रहेको छ।

कटारी नगर अस्पतालले पायो प्रादेशिक अस्पतालको मान्यता

उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय भएको छ।

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

पुरानै अडानमा कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशमा असंवैधानिक रूपमा सरकार गठन गरिएको ठहर गरेको छ।

विश्वासको मतका सभामुखले धारा १८६ प्रयोग गर्नु गैरसंवैधानिक: कांग्रेस (रिट निवेदनसहित)

गण्डकी प्रदेश सरकार गठनमा सभामुखले धारा १८६ प्रयोग गर्नु गैरसंवैधानिक भएको कांग्रेसले जनाएको छ।

वेदेशिक रोजगारीमा ठगीका घटना बढेसँगै सचेत रहन सरकारको आग्रह

वैदेशिक रोजगारीका क्रममा विभिन्न देशको अवसर देखाउँदै ठगी गर्ने क्रम बढेपछि सचेत रहन सरकारले सबैमा आग्रह गरेको छ।

गण्डकी प्रदेशका सभामुखको कार्य असंवैधानिक : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यासविपरीत काम गरेको बताएको छ।

पुँजीवादभित्रको पुरुषसत्ता

श्रमिक तथा श्रमजीवी वर्ग देशको आर्थिक मेरुदण्ड हुन् भनिए पनि सन् १८९० देखि महत्त्व दिँदै मनाउन थालिएको भए तापनि सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मनाउन थालिएपछि यसले निरन्तरता पाएको हो।

नक्कली लाइसेन्स प्रकरण : सिआइबी निगरानीमा १० पूर्वमहानिर्देशक

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा यातायात विभागका पूर्वमहानिर्देशकहरू निगरानीमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्