६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाली छाडी विदेशी दौड

विदेशीले निर्माण गरेका विद्युतीय मतदान मेसिन किन्न निर्वाचन आयोग र सरकार हतारिएका बेला नेपाली निर्माता भने निरुत्साहित छन्। नेपाली निर्माणकर्ताले बनाएका विद्युतीय मतदान मेसिन विदेशीले बनाएका भन्दा सस्ता, मतदाताका निम्ति सजिला र सुविधाजनक छन्।

नेपाली चुल्ठो र दाह्री विदेशी बजारमा

नेपालबाट विश्वका धेरै देशमा विभिन्न सामग्री निर्यात हुन्छन् तर अन्यन्तै सानो संख्यामा। त्यही सानो संख्यामा निर्यात हुने एक वस्तु हो– 'फल्स वियर्ड' अर्थात् नक्कली दाह्री। सुन्दा अचम्म लाग्न सक्छ तर नेपालबाट नक्कली दाह्री, आइब्रो, आइलेसलगायत शंृगारका सामग्री निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ।

खानीडाँडामा नियमित उडानका लागि निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको खानीडाँडा विमानस्थलमा नियमित उडानको प्रबन्धका लागि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। आयोग सचिव बेदप्रसाद भट्टराई नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा विमानस्थलमा अधिकांश उडान रद्ध हुने गरेको पाइएको भन्दै आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले नियमित उडानको व्यवस्थाका लागि प्रशासनलाई निर्देशन दिएको हो।

वैदेशिक रोजगारीले परिवार भताभुङ्ग, गर्भका लागि अार्थिक चलखेल

श्रीमान् विदेश रहेका समयमा परपुरुषसँगको शारीरिक सम्बन्धबाट गर्भ बसेको खुलेपछि सदरमुकाम दिक्तेलका एक परिवार भताभुङ्ग भएको छ। अस्वस्थ भएर स्वास्थ्य संस्था पुर्‍याइएकी महिला परपुरुषसँगको अवैध सम्बन्धका कारण गर्भवती भएको खुलेपछि परिवार छाँगाबाट खसेजस्तो भएको थियो।

कांग्रेसको विदेश नीति

इतिहासले बडो बेगका साथ पाइला चालिरहेछ। यस्तो स्थितिमा हाम्रो चिन्तनले पनि त्यस्तै बेगका साथ इतिहास सँगसँगै पाइला चाल्नुपर्छ । नत्र भने हामी आफ्नै पुरानो मनोविज्ञानको बन्दी भएर इतिहासले त्यागेको सानो तत्व बन्न पुग्छौं।

पहिले संसदीय निर्वाचन, त्यसपछि मात्र प्रदेश र स्थानीयः सोनल

तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संशोधनमा नेकपा एमालेले गरेको विरोधलाई ‘सत्तामा साझेदारीका लागि गरिएको बार्गेनिङ’ भनेका छन्।

नेपाल बंगलादेश बैंक शाखा खजुरामा

नेपाल बङ्गलादेश बैक लिमिटेडले ४३ औँ शाखा खजुरामा सूरु गरेको छ । सोमबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र नेपाल बङ्गलादेश बैकका संचालन समिति सदस्य अरुण श्रेष्ठले संयुक्त रुपमा बैक शाखाको उद्घाटन गरे ।

गच्छदारद्वारा एउटा प्रदेश थप गर्न माग

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले अहिले विद्यमान ७ प्रदेशमा एउटा थपेर ८ प्रदेश बनाउनुपर्ने बताएका छन्।

पक्राउ एसएसपीलाई ४ दिन थुन्न अादेश, अध्यागमन कर्मचारी र गुप्तचर पनि तानिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।

काठमाडौंबाट ३७ बंगलादेशी पक्राउ

काठमाडौंका विभिन्न स्थानमा परिचय बदलेर बसिरहेका ३७ बंगलादेशी नागरिक पक्राउ परेका छन्। प्रहरीले ठमेल, नयाँ बजार र ढल्कु क्षेत्रमा संचालित कपडा सिलाउने उद्योगमा छापामारी अवैधरुपमा नेपाल वसिरहेका ३७ बंगलादेशीलाई पक्राउ गरेको हो।

प्याराग्लाडिङ उडानमा विदेशी पाइलटको मनपरी

केही दिनअघि प्याराग्लाइडिङ दुर्घटनामा परेर बेलायती पाइलट माइकल पिटर पाल्मचाप्ड घाइते भए। उपचारका क्रममा दुर्घटनाको भोलिपल्ट पिटरको मृत्यु भयो। पोखरा–२६ गोदारी सराङकोटबाट उडेका उनले पोखराको आकाशमा उड्न आधिकारिक निकायबाट अनुमति समेत लिएका थिएनन्।

महिलामा क्यान्सर : विकसित देशमा घट्दो, नेपालमा बढ्दो

महिलामा हुने क्यान्सर विकसित देशहरूमा घट्दो क्रममा रहेपनि नेपालमाभने बढ्दै गएको पाइएको छ। नेपालमा क्यान्सरबाट पुरुषभन्दा महिला बढी पीडित छन्। विकसित देशमा क्यान्सर पहिचान र उपचारमा पहुँच बढी भएकाले घट्दो क्रममा रहेको तर नेपालमा त्यो सुविधा नहुँदा रोगीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्।

विदेशबाट सांसद भाडामा ल्याएमात्रै संविधान संशोधन प्रस्ताव पारित हुन्छ : महासेठ

रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन विदेशी शक्ति र सरकार लागि परेको आरोप लगाएका छन्।

विदेशी रोजगार छाडेर तरकारीखेती

दुबई, मलेसिया लगायत देशमा रोजगारीका लागि गइरहने जयपृथ्वी नगरपालिका–७ का गजेन्द्र ओली अहिले गाउँमै तरकारीखेती गर्न थालेका छन्। छोरीले घरमा आउन र सँगै बस्न कर गरेपछि ३५ वर्षीया ओली गाउँ फर्केर तरकारीखेतीमा लागे।

कार्यकर्तालाई चुनावमा जुट्न देउवाको निर्देशन

नेपाली कांग्रेसका शीर्ष नेताहरूले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन जरुरी रहेकेा बताउँदै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीको भ्रातृ संगठन नेपाल सांस्कृतिक संघको दोस्रो महाधिवेशन शुक्रबार राजधानीमा उद्घाटन गर्दै नेताहरूले केही दिनभित्रै स्थानीय निर्वाचन मिति घोषणा हुने दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्