७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

खानीडाँडामा नियमित उडानका लागि निर्देशन

खानीडाँडा विमानस्थल। फाइल तस्विर

खोटाङ– राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको खानीडाँडा विमानस्थलमा नियमित उडानको प्रबन्धका लागि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। आयोग सचिव बेदप्रसाद भट्टराई नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा विमानस्थलमा अधिकांश उडान रद्ध हुने गरेको पाइएको भन्दै आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले नियमित उडानको व्यवस्थाका लागि प्रशासनलाई निर्देशन दिएको हो।

विमानस्थलमा अधिकांश उडान रद्द हुँदा यात्रुले अनाहकमा ओहोर–दोहोर गर्दै सास्ती बेहोर्नु परिरहेको भन्दै आयोगले यथोचित समाधानका लागि प्रशासनलाई पत्राचार गरेको जनाएको छ । ‘उडान स्थगित हुँदा यात्रु मर्कामा परिरहेको पाइएको छ । बिमानस्थलमा के कारणले नियमित उडान हुन नसकेको हो, गम्भीरतापुर्वक विश्लेषण गर्दै यथोचित समाधान गरी आयोगलाई जानकारी गराउन हुन’ निर्देशानुशार अनुरोध गरिन्छ,’ आयोगले प्रशासनलाई सोमबार पठाएको निर्देशनात्मक पत्रमा उल्लेख छ । 

आयोगले सदरमुकाम दिक्तेलदेखि खानीडाँडा बिमानस्थल जोड्ने सडकको स्तरोन्नतीका लागि पनि आवश्यक कदम चाल्न प्रशासनलाई भनेको छ।

दिक्तेल–खानीडाँडा सडक जिर्ण बनेकाले बिमानस्थलबाट आवत–जावत गर्नेक्रममा तथा उडान रद्ध हुँदा बाध्यताबस फर्कनु र पुःन जानुपर्ने अवस्थामा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तीलाई सबैभन्दा बढि सकस परिरहेको देखिएकाले आयोगले सो सडक स्तरोन्नतीकालागि आवश्यक र उचित कदम चालेर आयोगलाई जानकारी दिन निर्देशन दिएको छ।

मानव अधिकारको अभिन्न अंगकारुपमा रहेको बिकासको सुनिश्चितताकालागि आधारभुत र सार्थक प्रयास गर्न भन्दै प्रशासनलाई पत्र पठाएको आयोगले जिल्ला बिकास समिति, दिक्तेल नगरपालिका, नागरिक उड्यान प्राधिकरण र आयोगको अनुगमन महाशाखालाई बोधार्थ दिएको छ । दुर्गम क्षेत्रको हवाई सेवाको अवस्थाको सन्दर्भमा आयोगका सचिव भट्टराईले माघ गते २२ गते खानीडाँडा बिमानस्थल अनुगमन गरेका थिए।

बिमानस्थल प्रमुख तथा सेवाग्राहीसँग छलफल गरेर आयोग प्रशासनलाई पत्राचार गर्ने निष्कर्षमा पुगेको राष्ट्रिय मानव अधिकार आयोगका निमित्त उपक्षेत्रीय निर्देशक दीपक घिमिरेले बताए । 

 

प्रकाशित: २६ माघ २०७३ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App