६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीले परिवार भताभुङ्ग, गर्भका लागि अार्थिक चलखेल

खोटाङ–श्रीमान् विदेश रहेका समयमा परपुरुषसँगको शारीरिक सम्बन्धबाट गर्भ बसेको खुलेपछि सदरमुकाम दिक्तेलका एक परिवार भताभुङ्ग भएको छ। अस्वस्थ भएर स्वास्थ्य संस्था पुर्‍याइएकी महिला परपुरुषसँगको अवैध सम्बन्धका कारण गर्भवती भएको खुलेपछि परिवार छाँगाबाट खसेजस्तो भएको थियो।

दुई जना आचार्य, एक जना रायमाझी र एक जना परियार थरका पुरुषसँग शारीरिक सम्बन्ध राखेको महिलाले बताएकी थिइन्। गाउँलेले आचार्यद्वय, रायमाझी र परियारसँग सोधपुछ गरेका थिए। पाँच जना दोषी देखाएकी महिलाले अन्तमा तीन जनालाई छोडेर दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा हाड्नाता करणीमा जाहेरी दिएकी छिन्।

‘सबै अारोपीबाट डेढ–डेढ लाख रकम उठाउने र घटनालाई सेटल गर्ने भन्ने योजना थियो,’ स्रोतले भन्यो, ‘आफू निर्दोष रहेको भन्दै एक जनाले सो कुरामा असहमती राखेपछि तिनैविरुद्ध जाहेरी दिन लगाइयो।’

वैदेशिक रोजगारीका लागि विदेश गएका श्रीमान् पुस ५ गते घर आएका थिए। परदेशबाट आएको केही दिनमै श्रीमती पाँच महिनाको गर्भवती भएको थाहा भएपछि श्रीमानले छानवीन गर्न र दोषी पहिचानका लागि आफन्त र प्रहरीलाई गुहारेका थिए।

गर्भको विषयलाई लिएर गाउँमा भएको छलफलमा महिलाले दिक्तेल बजारका खत्री थरका एक पुरुषलाई दोषी देखाएकी थिइन्। खत्रीले यौन सम्पर्क राखेको स्वीकार गरेका थिए। पछि उनी  परिवार नियोजन (बन्ध्याकरण) गरिसकेकाले गर्भ आफ्नो नभएको भन्दै पन्छिए। दोषी भनिएका पुरुष टाठाबाठाको उपायअनुसार छलफलमा बन्ध्याकरण गरेको बताएर गाउँबाट भागेका थिए। त्यसपछि महिलाले अन्य चार जनालाई दोषी देखाएकी थिइन्। 

छलफलमै खत्री बाहेक दुई जना आचार्य, एक जना रायमाझी र एक जना परियार थरका पुरुषसँग शारीरिक सम्बन्ध राखेको महिलाले बताएकी थिइन्। गाउँलेले आचार्यद्वय, रायमाझी र परियारसँग पनि सोधपुछ गरेका थिए। पाँच जना दोषी देखाएकी महिलाले अन्तमा तीन जनालाई छुट दिएर दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा हाड्नाता करणीमा जाहेरी दिएकी छिन्।

गर्भमा चलखेल 
स्रोतका अनुसार घटनाका नाउँमा गाउँमा लेनदेनका लागि आर्थिक चलखेल प्रयास भएको थियो। ‘सबै अाराेपीबाट डेढ–डेढ लाख रकम उठाउने र घटनालाई सेटल गर्ने भन्ने योजना थियो,’ स्रोतले भन्यो, ‘आफू निर्दोष रहेको भन्दै एक जनाले सो कुरामा असहमति राखेपछि तिनैविरुद्ध जाहेरी दिन लगाइएको हो।’

महिलाको जाहेरीका आधारमा प्रहरीले नरनाथ आचार्य र जंगप्रसाद आचार्यलाई माघ ११ गते पक्राउ गरेको छ। नरनाथमाथि पुस ३ गते र जंगप्रसादमाथि भदौ १५ गते जर्बजस्ती करणी गरेको अभियोग लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नवीनकिशोर प्रधानले बताए। उनीहरुलाई थुनामा राखेर प्रहरीले अभियोगको अनुसन्धान गरिरहेको छ।

धेरै जना परपुरुषसँग सम्पर्क राखेको देखिएपछि महिलालाई परिवारले घरबाट निकालेको थियो। उनले अधिकारकर्मीको सहयोगमा महिला तथा बालबालिका हुँदै कानुनी सहायता केन्द्रको सहयोगमा जाहेरी लेखाएर दुई जनाविरुद्ध हाडनाता जबर्रजस्ती करणी महल अन्तर्गत जाहेरी दिएकी थिइन्।

आरोप लागेको मितिमा नरनाथ दिक्तेलमै नरहेको आफन्तको दाबी छ। ‘नाम नभनौँ, एउटा पार्टीका जिम्मेवार नेता यसमा संलग्न छन्, यहाँ सबैलाई थाहा छ,’ उनले भने, ‘नेताका आफन्त पर्ने देखिएपछि त्यो खेलमा सोझासिधालाई फसाउने षड्यन्त्र भएको छ।’

स्रोतका अनुसार घटनामा अाफ्ना ज्वाइँ (खत्री) संलग्न देखिएपछि त्यसलाई ढाकछोप गर्न स्थानीय एमाले नेता कुमार अाचार्यले खत्रीलाई भगाएर निर्दोष रहेको भन्दै डेढ लाख दिन अस्वीकार गर्ने नरनाथलाई फँसाइदिएका हुन्।  

महिलालाई गर्भपतनका लागि काठमाडौं लगिएको छ।

प्रकाशित: २६ माघ २०७३ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App