११ मंसिर २०८१ मंगलबार
image/svg+xml

शिलान्यास भएको ३३ वर्षपछि कालोपत्रे हुँदै

शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ। कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो।

तीन दशकपछि कालोपत्रे हुँदै राँके–भेडेटार सडक

धनकुटा, पाँचथर र इलामका विभिन्न गाउँलाई छुने बहुप्रतिक्षित राँके–भेडटार सडक कालोपत्रे हुने भएको छ। भारतको एक्जीन बैक अफ इण्डीयाको ऋण सहयोगमा कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भइ पक्रिया अघि बढेको हो।

मध्यपहाडी राजमार्गमा खाल्डै खाल्डा

गुणस्तरहिन कालोपत्रे हुँदा मध्यपहाडी राजमार्गमा जताततै खाडलै खाडल भएको छ। सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीखण्ड अझै निर्माणकै चरणमा छ। केही स्थानमा पुल बन्न बाँकी छ भने केही स्थानमा सडक कालोपत्रे हुँनै बाँकी छ।

खोटाङको भित्री सडकमा पहिलोपटक कालोपत्रे गरिँदै

खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेका लागि शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार(करसहित) रुपैयाँ लगानीमा कालोपत्रे गर्न लागिएको उक्त सडकमा शनिबार स्काभेटर चलाएर प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका हुन् ।

कालोपत्रे सकिनुपर्ने सडकमा बुङबुङ्ती धुलो, ७२ करोडको योजनामा भेटिँदैनन् कामदार

‘झण्डै ३० किलोमिटर भन्दाबढि सडक यतीबेलासम्म कालोपत्रे भइसक्नुपथ्यो’ बारपाकका जितबहादुर घलेले भने, ‘अहिले गोरखा बाह्रकिलोबाट झण्डै चार घण्टा समय लाग्छ, ‘पिच’ भएको भए डेढ घण्टामा पुगिन्थ्यो।’ धुलाम्य सडकमा मुख छोपेर सकसले यात्रा गर्नुपरेको उनको जस्तै गुनासो बारपाकी र उक्त सडक भएर यात्रा गर्ने अन्यको पनि छ।

धावनमार्ग कालोपत्रे सुरु, ६ महिनामा सकिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनाभित्र तयार हुने बताएका छन् । मंगलबार धावनमार्ग कालोपत्रे थालनी गर्दै मन्त्री अधिकारीले ठेकेदारले चार महिनामा सक्ने भने पनि अलिकति समय राखेर ६ महिना भनिएको बताए।

विमानस्थलको कामले गति लिँदै

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे चैत्रभित्र निर्माण सम्पन्न हुने गरी कार्यअघि बढिरहेको छ । रनवेको सबबेस र बेसको काम सम्पन्न भई कालोपत्रे र लाइटिङको काम बाँकी रहेको र दसैंलगत्तै दुवै काम समानान्तर रूपमा अगाडी बढ्ने आयोजनाले जनाएको छ।

मेलम्चीले समय मागेपछि रोकियो कालोपत्रे

मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्रे गर्ने कार्य पछि धकेलिएको छ। धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि पछिल्लो पटक उक्त सडकमा नै काठमाडाैं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन बिच्छ्याउने जानकारी गराएको थियो।

ढलाने सडकमाथि धमाधम कालोपत्रे

प्यूठान नगरपालिकाले आफ्नो कार्यालय पुग्ने बाटोमा अहिले कालोपत्रे गरिरहेको छ। वडा नंं. ४ बिजुवार मित्रमणि चोकदेखि नगरपालिका भवनसम्म जाने उक्त सडकमा गतवर्षमात्रै आरसीसी ढलान गरिएको थियो। अहिले त्यहि ढलानमाथि अर्को योजना बनाएर कालोपत्रे गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने

सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ।

पाहुना आउँदा चिटिक्क, अरू बेला लथालिंग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए। मोदी आउनुअघि वैशाख २५ गते चाबहिलचोकदेखि ह्यात होटलसम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो । ह्यात होटल गेटबाट टुसालतिरको भने सडक यथावत् छोडियो। मोदी ह्यात होटलमा बस्ने भएपछि उक्त सडकको धुलो छोप्ने काम गरिएको थियो।

तीन महिनामै उप्कियो कालोपत्रे

गत चैत अन्तिम साता काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर र कपन क्षेत्रका बासिन्दाको खुसी चुलियो।

एक महिनामै उप्कियो कालोपत्रे

नारायण नगरपालिका दैलेखले अघिल्लो आर्थिक वर्षमा ठेक्का प्रकृयाद्धारा पुरानो बजारमा महिनादिन अघि गरिएको कालोपत्रे (पीच) उप्किएको छ। सडक सडक बोर्ड नेपाल र नारायण नगरपालिकाको साझेदारीमा गरिएको पिच गुणस्तरहिन हुदाँ उपक्किएको हो।

बीचमा रुख, वरिपरि कालोपत्रे

कालोपत्रे सडक भन्नेबित्तिकै जो कोहीलाई पनि सफा, सीधा र अवरोधबिनाको सडक भन्ने लाग्छ।

दैनिक साढे दुई किलोमिटर सडक कालोपत्रे

पूर्वाधार विकासलाई पहिलो प्राथमिकता भन्दै आएको सरकारले गत आर्थिक वर्षमा औसतमा प्रतिदिन साढे दुई किलोमिटर सडक कालोपत्रे गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्