११ मंसिर २०८१ मंगलबार
image/svg+xml

उपत्यकाभित्रका मुख्य सडक भदाै १५ भित्रै कालोपत्रे हुने

सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्रे गरिसक्ने भएको छ। पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न लागिएको हो।

विमानस्थल कालोपत्रे गर्न ढिलाइ

लक्ष्यअनुसार काम नहुँदा बैतडीको पाटन विमानस्थल कालोपत्र गर्ने  ढिलाई भएको छ। गत आर्थिक वर्षको असारमै कालोपत्र सक्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको विमानस्थलको काममा ढिलाई भएको हो।

साठी किलोमिटर सडक कालोपत्रे गरिँदै

भरतपुर महानगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत करिब साठी किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ ।

रातारात सडक कालोपत्रे

केही दिनअघि धनगढीको मुटु एलएन चोक नजिक प्रदेश प्रमुख मोहनराज मल्ल निवास अघिल्तिरको सडक साँझसम्म उस्तै थियो।

कालोपत्रेमा माटोको मिसावट

राजधानीलाई हेटौंडासँग जोड्ने छोटो रुट कान्तिलोकपथ सडक निर्माणमा लार्पबाही भएको पाइएको छ । बागमति गाउँपालिकाको देवी साँध तीनपाने भञ्ज्याङ, काल्चे र छपेलीमा सडकखण्डमा ठेकेदार कम्पनीले प्रावधान विपरीत माटो मिसिएको बालुवा र गिटी प्रयोग गरको हो।

कमसल सामग्रीका कारण कालोपत्रे उक्कियो

कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन्।

धमाधम सडक कालोपत्रे

कालोपुलबाट ज्ञानेश्वर र टंगाल जाने सडक दुई वर्षअघि बिग्रदा लामो समयसम्म हिलाम्मे र धुलाम्मे रह्यो । अघिल्लो वर्ष कालोपत्रे गरेपछि भने सडक चाक्लो छ।

पहिलो तहको कालोपत्रे सकियो, अब चौबिसै घण्टा सरर...

नारायणघाटबाट बुधबार विहान ७ बजेर ३० मिनेटमा गुडेको यात्रुबाहक बस विहान ११ बजेर ३० बजे धादिङबेसी आइपुग्यो। सडक निर्माणले दैनिक हैरानी व्यहोर्नु परेको नारायणगढ मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएसँगै ४ घण्टामा धादिङबेसी आइपुगेको बसका चालक रमाकान्त सेढाईले बताए। बुधबारदेखि २४ सैं घण्टा सवारी साधन सञ्चालन गरिएपछि सहजै धादिङबेसी आइपुगेको सेढाईले बताए।

संसदमा प्रधानमन्त्रीलाई प्रश्न : कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ ?

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ भन्दै संसदमा प्रश्न गरेका छन्। नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफमा जिज्ञासा राख्दै सिंहले हामी पानी जहाजमा पनि चड्न चाहेको र त्यो भन्दा पहिले कालोपत्रे सडकमा गाडी गुडाउन चाहेको बताए।

म्याद गुज्रियो, विमानस्थल कालोपत्रे भएन

सम्झौताको म्याद गुज्रिँदा पनि खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रेको काम करिब ६० प्रतिशत मात्र सकिएको छ।

कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको भन्दै बिरोध

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको भन्दै नेकपा मालेले बिरोध जनाएको छ।

कालोपत्रे नहुँदा धुलोले हैरान सर्वसाधारण

हरिपुर बजार निवासी सनोज दास ६ किलोमिटर उत्तर पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुर आउनु प-यो भने हरेक पटक ११ किलोमिटर भन्दा लामो बाटो प्रयोग गर्ने गर्छन्। हरिपुरबाट सोझै आउने नवलपुर–मलंगवा सडकखण्डमा गुड्ने ठूला सवारी साधनले उडाउने अत्यधिक धुलोबाट बच्न उनी थप ५ किलोमिटर लामो मोटरसाईकल यात्रा गर्न बाध्य भएका हुन्।

अख्तियारको झोलामा मध्यपहाडीको कालोपत्रे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिकको टोलीले मध्यपहाडी लोकमार्गको कालोपत्रेको गुणस्तर परीक्षणलाई निरन्तरता दिएको छ । विहीबार मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको जयराम–बिजुले (१२ किलोमिटर) सडक खण्डको कालोपत्रेको गुणस्तर परीक्षण गरेको आयोगको प्राविधिक टोलीले दोश्रो दिन जयराम–हलेसी (३० किलोमिटर) सडक खण्डको कालोपत्रेको गुणस्तर परीक्षण गरेको छ ।

कालोपत्रेको गुणस्तरमा अख्तियारको छानविन

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–बिजुले सडक खण्डमा काम सम्पन्न नहुँदै कालोपत्रे उप्किन थालेको जनगुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ।

‘तीन वर्षभित्र सबै सडक कालोपत्रे ’

जनप्रतिनिधि भएर आउँदा वडा कार्यालय अस्तव्यस्त र भद्रगोल थियो । अहिले वडा कार्यालयलाई व्यवस्थित र आकर्षिक बनाएका छौँ, वडाले दिने सेवाप्रवाहलाई समेत चुस्तदुरुस्त बनाएका छौँ । मालपोत कार्यालयदेखि कीर्तिपुर फलामे पुलसम्मको असरल्ल र भताभुंग सडकलाई व्यवस्थित बनाएर सवारीसाधन गुड्ने अवस्थामा ल्याएका छौँ । वडाका विभिन्न स्थानमा ढुंगा तथा ब्लक ओछ्याउने काम तीव्र गतिमा भइरहेको छ । बाघभैरव क्षेत्रमा २२ मिटरको पर्खाल बनाएका छौँ । खाल्डाखुल्डी पुर्नेदेखि मर्मतसम्भार लगायत कामलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छु ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्