११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन्।

धावनमार्ग कालोपत्रे हुँदा पनि हवाई भाडा घटेन

डोल्पाको जुफाल विमानस्थलमा धावनमार्गको स्तरोन्नती गरिएपनि भाडादर घटेको छ्रैन्। सञ्चालनमा आएको ४२ बर्षपछि विमानस्थलमा वैशाख अन्तिम साताबाट धावनमार्गको स्तरोन्नती कार्य सुरु भई कालोपत्रे भइसकेको छ। निजी एयरलाइन्सले पिच धावनमा उडान गरिरहेका छन्, तर भाडादरमा कमी आएको छैन्।

दिक्तेल–चखेवा सडक कालोपत्रेले गति लिँदै

मध्यहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । लोकमार्गकै बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडकको तुलनामा दिक्तेल–चखेवा भञ्ज्याङ ४६ किलोमिटर सडक कालोपत्रेका काम अघि बढेको पाइएको छ ।

कान्ति लोकपथको १० किलोमिटर मात्रै कालोपत्रे

६० वर्षअघि ट्र्याक खोलेको कान्ति लोकपथको (हेटौंडा–ललितपुर) कामको प्रगति ५२ प्रतिशतमात्रै भएको छ । सरकारले चालु आर्थिक वर्षभित्र कान्ति लोकपथ निर्माण सम्पन्न गर्ने भने पनि नबन्ने निश्चित भएको छ ।

थामखर्क विमानस्थलको कालोपत्रे निर्माण कार्य सुस्त

दुई वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्रे थालिएको खोटाङको थामखर्क विमानस्थलको काम सुस्त गतिमा भइरहेको छ विमानस्थल कालोपत्रको अहिलेसम्म ३५ प्रतिशतमात्र काम सम्पन्न भएको निर्माणस्थलमा खटिएका फिल्ड सुपरभाइजर दानबहादुर श्रेष्ठले बताए।

बेनी–जोमसोम सडक कालोपत्रे गरिने

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ।  चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ। आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए। बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मि चौडाइ रहने दुई लेनको सडकको सात मि चौडाइमा कालोपत्रे गरिने इ निरौलाले बताए।

सडक कालोपत्रेमा ढिलासुस्ती गरेको भन्दै आक्रोश

मध्यपहाडी लोकमार्ग कालेपत्रेको काम सुस्त भएको भन्दै खोटाङका प्रदेशसभा सदस्य राजन राईले आक्रोश पोखेका छन्। ठेकेदारको ढिलासुस्तीका कारण एकपल्ट थप भएको म्याद गुज्रिदा समेत मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी खण्डको कालोपत्रेका काम आधा मात्र पूरा भएको भन्दै प्रदेशसभा सदस्य राईले आक्रोश पोखेका हुन्।

कालोपत्रे बिनै बजेट स्वाहा !

सडकभरी खाल्डा छन् । दोहोर लेनमा सवारीको लाम छ । सडककोे धुलोले आसपासमा कुहिरो लागेजस्तै छ । वटुवादेखि सवारीचालकसम्म घुलाम्मे छन् । भक्तपुर कमलविनायक हुँदै पर्यटकीय क्षेत्र नगरकोट प्रवेश गर्ने मुख्य सडकखण्डको अवस्था हो यो ।

मध्यपहाडी लोकमार्ग कालोपत्रेका काममा ढिलासुस्ती

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक खण्डको कालोपत्रेको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेको पाइएको छ । हलेसी–दिक्तेल सडक खण्ड अन्तर्गत हुर्लुङ–दिक्तेल ११.४३ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन–त्रिसुली जेभीले एकपटक थप भएको म्याद सकिदा पनि सन्तोषजनक प्रगति गर्न सकेको छैन ।

सडक कालोपत्रे रोकिएको रोकियै

सर्वोच्च अदालतले गत असोज २ गते उचित क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार गर्नुपर्ने फैसला गरेको छ । सडक विभागका महानिर्देशक गोपाल सिग्देलका अनुसार अदालतले उचित मुआब्जा दिएर सडक विस्तार गर्नुपर्ने भने पनि त्यसको पूर्ण पाठ नआउँदा विस्तारको काम अघि बढ्न नसकेको हो।

मेलम्चीले ‘प्रेसर’ जाँचेका स्थान कालोपत्रे

मेलम्चीले पाइप ओछ्याएर ‘प्रेसर’ जाँचेका स्थानमा कालोपत्रे गर्न लागिएको हो । विभागले यी स्थानमा समयसीमा तोकेर कालोपत्रे गर्न लागेको जनाएको छ । उपत्यकाभित्र लामो समयदेखि मेलम्चीको पाइप ओछ्याउन खनिएका सडक मर्मत नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् ।

सडक कालोपत्रेकालागि दवाब समूह गठन

भीमदत्त नगरपालिका– १६ स्थित बन्द अवस्थामा रहेको विमानस्थल पश्चिमको सडक कालोपत्रे गर्नु पर्ने माग राख्दै स्थानीय बासिन्दाले दवाब समूह गठन गरेका छन्।

कागबेनी–मुक्तिनाथ सडकखण्डमा कालोपत्रे

हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ। मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।

डेढ महिना नपुग्दै उक्कियो कालोपत्रे

जिल्लामा विकास निर्माणका काम गर्दा हुने लाहपरबाहीको अर्को नमुना सामुन्ने आएको छ। जिल्ला सदरमुकामलाई जैमिनी नगरपालिकाको कुश्मीसेरासँग जोड्ने सडक कालोपत्रे भएको डेढ महिना नपुग्दै भत्किएपछि सडक निर्माणमा हेलचक्रयाँई गरिएको पुष्टि भएको हो।

समयमा काम नहुँदा बिचबाटोबाट कालोपत्रे

जिल्लाका उत्तरी गाँउहरु सदरमुकामसँग जोड्ने फिदिम–फालोट सडक खण्डको फिदिम–नागनि खण्डको काम समयमा नसँकिदाबीच कालोपत्रे हुने भएको छ। फिदिमको सुरुवाती विन्दु नभई नागिनको डाँडा गाँउ देखि २४ किलोमीटर सडकमा कालोपत्रे गर्नका लागि प्रक्रिया सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्