११ मंसिर २०८१ मंगलबार
image/svg+xml

थामखर्क विमानस्थल कालोपत्रे सुरु

खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा कालोपत्रेका काम थालिएको छ । नेपाल नागरिक उड्यान प्राधिकरणको ९ करोड २५ लाख २९ हजार लागतमा ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले कालोपत्रेका प्रारम्भिक चरणका काम सुरु गरेको हो ।

भत्काउन हतार, कालोपत्रे सुस्त

मेलम्चीको पानी काठमाडौंमा ल्याउने भन्दै सडकमा धमाधम पाइप बिछ्याइएको छ। जसले उपत्यकामा बाक्लिँदै गएको धुलोले सर्वसाधारण अक्रान्त भइरहेका छन्। जुन रफ्तारले पाइपलाइन बिछ्याउनका लागि चिल्ला सडक भत्काइएका छन्, त्यसको उल्टो गतिमा कालोपत्रे भइरहेको छ।

मेलम्चीले भत्काएका सडक वर्षात्अघि नै कालोपत्रे

मेलम्ची खानेपानी वितरणका लागि भत्काइएका सडक वर्षाअघि नै कालोपत्रे गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय निर्देशक तिरेशप्रसाद खत्रीले असारभित्रै पाइपलाइन विस्तारका क्रममा खनिएका सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

'गमगढीदेखि रारासम्मको सडक कालोपत्रे गरिने'

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मुगु जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ताल्चा विमानस्थल हुँदै रारातालसम्म पुग्ने १६ किलोमिटर मोटर बाटोको कालोपत्रे तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

'बिटुमिन'मा बदमासी, साता पनि टिकेन कालोपत्रे

सडकको कालोपत्रे नटिकेको र खराब सडकले सवारी दुर्घटना हुँदा मानिसले ज्यान गुमाउनु परेको जस्ता खबर दिनदिनै आइरहँदानेपालमा भित्रिने बिटुमिनको गुणस्तर परीक्षण नगर्ने गरिएको तथ्य फेला परेको छ।

महिना दिन पनि टिकेन कालोपत्रे

ललितपुरको बालकुमारीबाट खरिबोट हुँदै इमाडोल जाने सडक कालोपत्रे गरेको महिना दिन नबित्दै उप्किएर खाल्डाखुल्डीमा परिणत भएको छ। ठेकेदार कम्पनीको लापरवाहीले असारमा कालोपत्रे गरेको सडक महिना दिनमै खाल्डाखुल्डीमा परिणत भएको हो।

सडकको कालोपत्रे साता दिनमै उक्कियो

पर्वत-सडक कालोपत्रे गरेको एक सातामै उक्किएको छ। दोबिल्लादेखि–फलेवास जाने सडक गत असारदेखि कालोपत्रे सुरु गरिएपनि एक साताअघि गरिएको कालोपत्रे उक्किएको हो। कच्ची सडक निर्माण सुरु भएको दुई दशकपछि सुरु भएको कालोपत्रे उक्किएपछि पछि स्थानीयले बिरोध गरेका छन्।

कालोपत्रे गरेको साता दिनमै राजमार्ग भत्कियो

मर्मत भएको साता दिन नबित्दै राजमार्ग भत्किएको छ। सडक डिभिजन कार्यालय रौतहटले एक साताअघि पूर्व–पश्चिम राजमार्गको रौतहट धनसारदेखि बागमती सडकखण्ड मर्मत गरेको थियो। सो सडक खण्डको बीचमा अहिले खाल्डाखुल्डी परिसकेका छन्।

पेश्की लिएर ठेकेदार गायव, बन्दाबन्दै उप्किन्छ कालोपत्रे

०७२-७३ मा यो सडकमा २४ सय मिटर कालोपत्रे गर्न १ करोड ८७ लाख ७३ हजार ३५ रुपैया ९१ पैसामा बिपि-बिकास निर्माण सेवा जेभीले ठेक्का लिएको हो । ०७३ बैशाख २२ गते भएको सडक कार्यालयसँग यो निर्माण सेवाले गरेको सम्झौता अनुसार ०७३ असार १५ गतेसम्म कार्य सम्पन्न गरिसक्ने उल्लेख छ । तर अहिलेसम्म ठेक्केदारले काम समेत सुरु नगरेको सडक कार्यालयले जनाएको छ ।

ढलान गरिएको सडकमाथि कालोपत्रे

सकिन लागेको आर्थिक वर्षको अन्तिम ३ महिनामा वीरगन्ज उपमहानगरपालिका कार्यालयलाई नगर क्षेत्रभित्र भौतिक विकास निर्माणमा १२ करोड रुपैयाँ सक्ने चटारो थियो। ठेक्कामार्फत प्रतिस्पर्धा गराउनेभन्दा विकास निर्माणका काममा 'कोटेसन'बाट ठेकेदार चयन गर्न कार्यालयले प्राथमिकता देखाएको छ।

सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक कालोपत्रे गरेको तीन महिनामै भत्कियो

सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक कालोपत्रे गरेको तीन पुगेकै छैन। सडकमा खाल्टाखुल्टी परेका छन्। भत्किएका खाल्डामा वर्षाको पानी जम्दा सवारी साधन चलाउन गाह्रो पर्न थालेको छ।

'वर्षात् सडक कालोपत्र र टाल्नेलाई कारबाही हुन्छ'

काठमाडौँ– बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्ने (प्याच वर्क) लाई कारबाही हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्