१० मंसिर २०८१ सोमबार
image/svg+xml

२० निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ। ठेक्का सम्झौताको सर्तबमोजिम काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयको भनाइ छ।

पप्पुले अलपत्र छाडेका पुलको ठेक्का रद्द

निर्माण कम्पनी पप्पु/बाम्ती जेभीले तीन वर्षदेखि अलपत्र छोडेका रूपन्ेदहीका दुईवटा पुलको ठेक्का सम्झौता रद्द भएको छ। पर्यटकीय रूपमा रहेको भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ र डण्डा नदीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको हो। हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले बुधबारदेखि ठेक्का सम्झौता रद्द भएको जनाएको छ।

पप्पुले अलपत्र छाडेका दुई वटा पुलको ठेक्का रद्द, कालोसूचीमा राख्न सिफारिस

बिगत तीन वर्षदेखि पप्पुले अलपत्र छोडेका रुपन्देहीका दुई वटा पुलको ठेक्का सम्झौता रद्द भएको छ। पर्यटकीय मार्गको रुपमा रहेको भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ र डण्डा नदिमा निर्माणाधिन पुलको ठेक्का सम्झौता तोडीएको हो।

तीनकुनेको आर्क ब्रिजको ठेक्का तोडियो, पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क पुल सम्झौताअनुसार निर्माण नगरेको भन्दै ठेक्का तोडेर उसलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।

ठेक्काको काममा जबर्जस्ती श्रमदानः नगर्नेलाई एक हजार जरिवाना

जिल्लाकै अतिविकट बबई गाउँपालिका–१ गगंटेमा नेपाल टेलिकम फोन सेवा सञ्चालन गर्ने सुखद खबरले गंगटेबासी हर्षित थिए।

म्याद सकिनै लाग्याे, ३५ हजार रुख कटान भएन

ठेक्का सम्झौताअनुसार काम भएको भए ४४ डबल सर्किट किलोमिटर तामाकोसी–काठमाडौं ४०० केभी प्रसारणलाइन निर्माणको काम लगभगसम्पन्न भइसक्थ्यो। तर, आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि आयोजनाको प्रगति निराशाजनक छ। सन् २०१७ अगस्ट १३ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति१५ प्रतिशत मात्रै छ। जबकि आयोजना निर्माण सम्पन्न गर्ने म्याद सकिन पाँच महिनामात्रै बाँकी छ। उक्त आयोजना सन् २०२० अगस्ट १३ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।

खारेज गर्नुपर्ने कम्पनीलाई ठेक्का

निजगढ नगरपालिकाले लालबकैया खोलाबाट निस्किने बालुवा–गिटी निकासीको ठेक्का प्रक्रिया नपु-याई सिलबन्दी बोलपत्र फारम भरेका कम्पनीलाई दिएको आरोप लागेको छ।

ठेकेदारको ठेगाना

सार्वजनिक निर्माणको ठेक्का लिएर समयमै पूरा नगर्नेप्रति राज्य संयन्त्रले कारबाही नगरेपछि आक्रोश जनस्तरमा फैलिन थालेको छ । त्यसको पछिल्लो उदाहरण बनेका छन्– ठेकेदार शारदाप्रसाद अधिकारी । अधिकारी सरकारी ठेक्का लिएर काम नगरेका कारणमात्र चर्चित छैनन् । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीसमेत हुन् ।

तीनकुने पुलको ठेक्का तोड्न सिफारिस

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जेडआइसी पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क पुल सम्झौताअनुसार निर्माण नगरेको भन्दै ठेक्का तोड्नसडक विभागमा सिफारिस गरेको छ। आयोजनाले उक्त पुलसँगै ठेक्का लगाएको बिजुली बजारको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेपनि तीनकुनेको लथालिंग अवस्थामा छ।

अयोग्यलाई ठेक्का दिँदा अलपत्र

प्राधिकरणले सम्झौता रद्द गरे पनि स्मार्टले राखेको कार्यसम्पादन ग्यारेन्टीबापतको रकम जफत गरेको छैन। यसबाट प्राधिकरणका अधिकारीको स्मार्टसँग मिलेमतो भएको आशंका जन्मेको छ।

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ।

६ वर्षसम्म अधुरै दुधाङ पुल

इलाम–सोयाङ–नयाँबजार सडक खण्डको दुधाङ पुल निर्माणको काम ठेक्का सम्झौताको म्याद सकिएको दुई वर्ष बित्दा पनि अधुरै छ। निर्धारित समय सकिएर दुईपटक थपिएको म्याद गुज्रिएको पनि यतिका समय भइसक्दा पुल निर्माण कार्य ठप्प छ।

६ वर्षमा पनि बनेन पुल

यो पुलको ठेक्का डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको निर्माण कम्पनीले पाएको हो। ठेक्का लागेको ६ वर्षमा पुलको जगसमेत निर्माण कम्पनीले नहालेपछि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले निर्माण कम्पनीका प्रतिनिधि र संघीय सांसद यज्ञराज सुनुवारलगायत सरोकारवालासँग छलफलका लागि बैठक राखेका थिए।

थपिएको म्यादमा फेरि पनि नसकिने भो

ठेक्का सम्झौताअनुसार ३० डबल सर्किट किलोमिटरको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना गत पुसभित्रै बनिसक्नुपर्ने थियो। २०७३ पुसमा दुई वर्षमा सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी पिङ्गाओ ग्रुप कम्पनी लिमिटेड चाइनाले ठेक्का सम्झौता गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्