१० मंसिर २०८१ सोमबार
image/svg+xml

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन्। उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्। उनकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन्।

२५ मिटरको पुल बनाउन आठ वर्ष

ठेक्काको जिम्मा पाएको इसान कन्सट्रक्सनका ठेकेदारले नै पैसा खाएर भागेको स्थानीयको आरोप छ। सुरुमा पुल बनाउन भारतबाट कामदार ल्याइएको थियो तर कामदारलाईसमेत पैसा नदिई ठेकेदार फरार भएपछि स्थानीय आफैंले पैसा उठाएर कामदारलाई तलब दिएका थिए।

गगन थापासहित काठमाडौं–४ का स्थानीयले दिए सडक विभागमा धर्ना

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापासहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक विभागको कार्यालयमा धर्ना दिएका छन्।

संसदीय समितिले भन्योः चिनियाँ लगानीमा निर्माणाधिन ह्वासिङ सिमेन्टको ठेक्का रद्ध गर

संसदीय समितिले ह्वासिङ सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौंता गैरकानुनी भएको ठहर गर्दै रद्ध गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको सार्वजनिक लेखा समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग सो कम्पनीले ५० वर्षसम्म जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी भएको ठहर गर्दै रद्ध गर्न सरकारलाई निर्देशन दिएको हो।

सर्वव्यापी भ्रष्टाचार

भ्रष्टाचार नियन्त्रण विश्वभर चुनौती बनेकोछ । पश्चिमा देशहरूको तुलनामा गैरपश्चिमा देशमा यो समस्या जटिल छ । भ्रष्टाचार कुनै व्यक्ति र घटनाविशेष केन्द्रित मात्रै नभई समाजको अन्तर्निहित पाटो बनिसकेको छ । उच्च राजनीतिक तहमा हुने ठूला भ्रष्टाचारदेखि जनसरोकारका कार्यालयमा असुलिने साना रकमले नेपाली समाज आक्रान्त छ । नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीति, ठेक्कापट्टा र कर्मचारीतन्त्रमा रहेको तथ्याङ्क छ । विगतमा राजनीतिक अस्थिरता र संक्रमणकालका कारण भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको भन्ने गरिन्थ्यो । दुईतिहाइको बलियो सरकार र संक्रमणकाल ‘अन्त्य’ भनिएको अवस्थामा पनि भ्रष्टाचार नियन्त्रणमा प्रगति भएन ।

के हुन्छ भेरी–बबई डाइभर्सन?

भेरी–बबई बहुउद्देश्यीय आयोजनाको १० अर्ब रुपैयाँ बारबरको ठेक्का पाएको रमण–पप्पु कन्स्ट्रक्सन जेभीलाई सम्झौता अनुसार निर्माणको काम गर्न नसकेकाे भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले अन्य ठेक्का (खरिद) प्रक्रियामा रोक लगाएको छ।

ठेकेदारले काम नगर्दा तोडियो ठेक्का

काममा चरम लापरबाही गरेर निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेपछि ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक आयोजनाले पहिलो प्याकेजको करिब आठ किलोमिटरको ठेक्का सार्वजनिक सूचना जारी गरेर तोडेको छ।

भक्तपुर–नगरकोट सडक विस्तार

सडकको ठेक्का शारदा अधिकारीले पाएका हुन्। उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्। दाहालको घरबेटी भएकै कारण अधिकारीलाई कारबाही नभएको स्थानीयले बताएका छन्।

ग्वाङ्डोन–युनाटियन र रमण कन्स्ट्रक्सनलाई ठेक्का

तोकिएको समयभन्दा छिटो सुरुङ निर्माणको काम सकाएर प्रशंसा बटुलेको भेरी बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स र पावर हाउस निर्माणलगायतको कामको ठेक्का अनुमानित लागतभन्दा करिब ३३ प्रतिशत कममा लागेको छ।

विरोधले ठेक्का रद्द

रौतहटको गढीमाई नगरपालिकाले बागमती नदीबाट बालुवा, गिटी र ग्राबेल झिक्न वर्षायाममा टेन्डर गरेकोमा स्थानीयको विरोधपछि ठेक्का रद्द गरिएको छ।

स्थानीय सरकारको निर्णयविरुद्ध जनता ओर्लिएपछि ठेक्का रद्ध

रौतहटको एक स्थानीय तहले मनपरी तरिकाले बागमती नदीबाट बालुवा, गिटी र ग्राभल झिक्नको लागि बर्षायाममा नै टेण्डर गर्न थालेपछि स्थानीय विरोधमा उत्रेका छन्।

दसैंदेखि निर्माण थाल्ने तयारीमा सरकार

सरकारले नेपाल आयल निगमको मुख्य डिपो थानकोटनजिकैको बस्नेत छापदेखि नौबिसेको सिस्नेखोला जोड्ने सुरुङमार्गको ठेक्का सम्झौता साउनभरमा गर्ने भएको छ।

राष्ट्रिय परिचयपत्र ठेक्का विनाप्रतिस्पर्धा

सरकारले सार्वजनिक खरिद कानुनमा भएको प्रावधान दुरुपयोग गर्दै राष्ट्रिय परिचयपत्रको ठेक्का फ्रान्सेली कम्पनी आइडेमियालाई बिनाप्रतिस्पर्धा दिएको पाइएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत बुधबार सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ लाई टेकेर मन्त्रिपरिषदमार्फत निर्णय गराई करिब एक अर्बको ठेक्का आइडेमियालाई दिएको हो।

भिओआइपीमा संलग्नलाई एमडिएमएसको ठेक्का

डाटा चोरीको विवादमा मुछिएको मलेसियन कम्पनी न्यु मेराले अदालतबाट सफाइ पाइसकेको दाबीसहित पेस गरेको कागजात शंकाको घेरामा परेकोे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्