१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

६७ करोडमा केशरमहलको ठेक्का सम्झौता

काठमाडौं- २०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रवलीकरणका लागि ठेक्का सम्झौता भएको छ। शुक्रबार प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो।

सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरेका छन्।
जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हो। प्रबलीकरणको अवधि दुई वर्षको छ।

आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने बताए।
निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने जानकारी पनि दिए।

परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रा.लि. एस.डब्लु. नेपाल प्रा.लि. र पिरामिड डिजाइन एसोसिएट्स प्रा.लि. को जेभी छनौट भएको छ।

प्रकाशित: १३ मंसिर २०७६ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App