२४ पुस २०८१ बुधबार
image/svg+xml

नेकपाले संवैधानिक व्यवस्थामाथि प्रहार गर्‍याेः खाँड

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गरिरहेको आरोप लगाउँदै मान्य नहुने चेतावनी दिएका छन्।

नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लियोः साउद

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एनपी साउदले चिनियाँ कम्यनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दावी गर्दै गम्भिर आपत्ति जनाएका छन्।

बामदेव गौतमले नेकपा कमजोर भएको सावित गरिसकेः नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका नेता बामदेव गौतमले सत्तारुढ नेकपा कमजोर भैसकेको सावित गरिदिएको बताएका छन्।

राष्ट्रपतिलाई बोल्न सिक्न आग्रह

नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जथाभावी नबोल्न आग्रह गरेका छन्। कांग्रेस सुनसरीले मंगलबमा आयोजना गरेको दोस्रो जागरणसभाको सुनसरी जिल्लाव्यापी समापन तथा विरोधसभामा बोल्दै शर्माले यस्तो आग्रह गरेका हुन्।

सरकार पूर्ण असफल : कांग्रेस

नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार मुलुक सञ्चालनमा पूर्ण असफल भएको आरोप लगाएको छ । भदौ २४ गते देखि सुरु दोस्रो चरणको राष्ट्रिय जागरणको मंगलबार समापन गर्दै कांग्रेसले ओली नेतृत्वको सरकारले मुलुकमा कुशासन, आर्थिक अनियमितासहित काण्डैकाण्ड मात्र मच्चाएको आरोप लगाएका हुन् ।

सरकारविरुद्ध जागरणसभामा पनि मिल्न सकेन सिन्धु कांग्रेस, दुई समूहको छुट्टाछुट्टै कार्यक्रम

सरकारविरुद्ध जागरण अभियान चलाएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय नीति विपरित सिन्धुपाल्चोकमा दुई ठाउँमा समापनसभा गरेको छ। जागरण अभियानको समापन एकै स्थानमा गर्ने, त्यो ठाउँ जिल्ला सदरमुकाम नै हुने र सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने नीति लिएको कांग्रेसले त्यसैअनुसार निर्देशनसमेत दिएको थियो।

नेपालका कम्युनिष्टहरुको गतिविधि शंकास्पद: नेता महत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वअर्थमन्त्री रामशरण महतले चीनको कम्युनिष्ट पार्टीसँग प्रशिक्षण लिइरहेका नेपालका कम्युनिष्टहरुको मनसाय शंकास्पद रहेको बताएका छन।

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन(फाेटाे फिचरसहित)

प्रदर्शनान भ्रष्टाचारीलाई कारबाही गर, महँगी नियन्त्रण गर, अलोकतान्त्रिक निर्णय खारेज गर लगायतका नारा लगाएका थिए।

सरकारविरुद्ध गोरखा कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेस गोरखाले सरकारले जनताको भावना विपरित काम गरेकोभन्दै मंगलवार सदरमुकाममा विरोध जनाएको छ।

कम्युनिष्टको सत्ताबाट जनता आत्तिसके–पौडेल

‘कम्युनिष्टको सत्ताबाट जनता आत्तिसके छन्। जनता आफै सडकमा आउन थालेका छन्। देशमा अबको विकल्प नेपाली कांग्रेसनै हो। यो देशमा फेरि हामै्र सत्ता आउछ।’ दोस्रो चरणको जनजागरण समापन कार्यक्रमा रोल्पा पुगेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने

सरकारले भ्रष्टाचार संस्थागत गर्‍याे : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले मुलुकमा आर्थिक अनियमिता र भ्रष्टाचार तीव्र बनाएको बताएका छन् ।

सरकारले संवैधानिक आयोगलाई तर्सायोः कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर संवैधानिक निकायलाई तर्साएको आरोप लगाएका छन्। सरकारको यहीँ दम्भकै कारण मुलुकमा भएका ठूल्ठूला आर्थिक घोटालाका घटनाहरु माथि निष्पक्ष छानविन हुन नसकेको पौडेलको आरोप छ।

मेलम्चीको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गर्‍याे: सभापति देउवा

संविधान र कानुनी रुपमा पनि विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ।’देउवाले भने।

‘सरकारका काण्डै–काण्ड’ सार्वजनिक गर्दै देउवा र शशांकले भनेः सरकारका काला कर्तुत जान्नुस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले ‘नेपाल सरकारका काण्डै–काण्ड’ पुस्तक सार्वजनिक गरेका छन्।

कांग्रेस बैठक असोज १० गते

बैठकमा पार्टीले भदौ २४ गते देखि असोज सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समीक्षा गर्नुको साथै संगठन सञ्चालनका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्