काठमाडौं – नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा असोज १० गते दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।
बैठकमा पार्टीले भदौ २४ गते देखि असोज सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समीक्षा गर्नुको साथै संगठन सञ्चालनका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
प्रकाशित: ६ आश्विन २०७६ ०४:१२ सोमबार