२५ पुस २०८१ बिहीबार
image/svg+xml

खिचातानीले कांग्रेसमा गतिरोध

आन्तरिक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोलपूर्ण अवस्थामा पुगेको छ। १३औं महाधिवेशन भएको साढे तीन वर्ष हुँदासमेत आन्तरिक विवादका कारण विभाग र अन्य निकायलाई कांग्रेसले पूर्णता दिन सकेको छैन। यसबाट कार्यकर्ता नेतृत्वपंक्तिसँग असन्तुष्ट छन्।

सरकारले ल्याएको सबै विधेयक मान्य हुँदैन्ः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन्।

सरकारले राज्य आतंक सिर्जना गर्‍याे : देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले राज्य आतंक सिर्जना गरी समाजमा अशान्ति फैलाएको आरोप लागाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले जनताको करबाट तलब खाने प्रहरीलाई पार्टीको जस्तो बनाएको बताए ।

कांग्रेसलाई सञ्चारमन्त्रीको जवाफ- आरोपको भरमा कसैमाथि कारवाही गर्न मिल्दैन्

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाँके घटनाको छानबिन नगरी कारवाही प्रक्रिया अघि बढाउन नसकिने बताएका छन्।

सरकारबाटै संविधानलाई कमजोर बनाउने काम भयोः नेता सिटौला

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको दावी गर्दै आपत्ति जनाएका छन्।

प्रधानमन्त्रीजी ! तपाईंको राजमा को सुरक्षित छ ?

प्रतिपक्षी दलको जिल्ला सभापति त्यो पनि सत्तरी बर्ष पुग्न लागेकी एक महिला नेतृको सम्म सम्मान र सुरक्षा हुन सक्दैन भने म सोध्न चाहन्छु प्रधानमन्त्रीजी तपाईंको राजमा को सुरक्षित छ?

दोषीलाई कारबाहीको माग गर्दै तरुण दलको प्रदर्शन, २ घण्टा चक्का जाम

खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै मंगलबार नेपालगन्जमा दुई घण्टा चक्काजाम गरिएको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अगुवाईमा प्रदर्शनसहित चक्काजाम गरिएको हो।

बाँके घटनालाई लिएर संसद अवरोध, बैठक स्थगित

प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन्।

संसदमा कांग्रेसकाे अवराेध, राेष्टम घेराउ गर्दै नाराबाजी

प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले राेष्टम घेराउ गरेर नाराबाजी गरिरहेका छन्।

आफ्नैसँग बढी गुनासो, अभियानमा सत्तापक्ष पनि सकारात्मक

अभियानकै सिलसिलामा बाकेको नेपालगञ्जमा अराजक गतिविधि देखिए पनि रोल्पामा भने सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी समेत कांग्रेसको जनजागरणप्रति सकारात्मक देखिएको छ।

राष्ट्रिसभामा पनि कांग्रेसको अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बांके घटनाका वास्तविक अभियुक्तलाई कारवाही गर्नुपर्ने माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।

देउवाको गृहजिल्लामा प्रधानमन्त्री ओलीको पुत्ला दहन, नेताले भने, ‘लड्ने नै हो भने मैदानमा आउ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। कांग्रेस डडेल्धुराले आइतबार प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै जागरण अभियानका केन्द्रीय प्रतिनिधिको नेतृत्वमा जिल्ला सदरमुकाम बागबजारको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष ‘प्रचण्ड’को समेत पुत्ला दहन गरेको हो।

गृहमन्त्रीलाई गगनको प्रश्नः हाम्रो सभापतिको हात भाँच्ने नेकपा नेता कहिले पक्राउ पर्छन?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले बाँके घटनाबारे सरकारले तथ्यलाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन्।

नेपालगन्ज घटनाको विरोधमा कांग्रेसद्वारा संसद अवरुद्ध, गृहमन्त्रीसँग सांसदको सवाल जवाफ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर संसद बैठक अवरुद्ध गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

तरुण दलको भाँडभलौ सतहमै छताछुल्ल

नेपाल तरुण दलले पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव भुपेन्द्रजङ्ग शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्