२० आश्विन २०८१ आइतबार
image/svg+xml

पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले हेलचक्राइँ गर्‍याे: उपाध्यक्ष पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

‘राजधानी दाङ सर्दैमा बुटवल भासिँदैन’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानी सरेको विषयलाई ठूलो मुद्दा नबनाउन बुटवलवासीलाई आग्रह गरेका छन्।

रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउँछौँः विष्णु पौडेल

उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताए। उनले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तिब्र बनाइरहेको बताए।

विगतको भन्दा ठूलो मतान्तरले विजयी हुन्छुः विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन्।

प्रतिनिधिसभा विघटनको ‘अपजस’ पर्गेल्दै नेम्वाङ

२०१० सालमा जन्मिएका सुवासचन्द्र नेम्वाङको बाल्यकाल इलाममै बित्यो। बुबा अदालतका न्यायाधीश भएकाले उनले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए। उनले कानुनमा स्नातक (बिएल) गरेका छन्।

नेकपा एमालेले एक्लैले सरकार बनाउने हैसियत राख्छः विष्णु पौडेल

यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ। एक्लैले सरकार बनाउने हैसियत राख्दछ। तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौ । त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेलामा पनि जारी रहन्छ।

विकासका काममा भ्रम नछर्न पौडेलको आग्रह

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएकाले यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे।

एमाले फेरी लोकप्रिय भएर सरकारमा आउँछ: उपाध्यक्ष नेम्वाङ्ग

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले आगामी संघ र प्रदेशको निर्वाचनबाट एमाले फेरी सरकारमा आउने बताएका छन्।

देशको नेतृत्व एमालेले लिने अवस्था देखियोः नेता नेम्बाङ

नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले जनता आफूहरुसँग भएको र देशभर एमालेका पक्षमा जुरुक्कै उठेको माहोलले फेरी एमालेले मुलुकको नेतृत्व लिने अवस्था देखिएको बताएका छन्।

रावल र भुसालद्वारा ओली प्रस्ताव अस्वीकारः सहमति नजुटे मतदान

उपाध्यक्षमा प्रस्तावित भीम रावल र उपमहासचिवमा प्रस्तावित घनश्याम भुसालले चुनाव माग गरिरहेपछि अध्यक्षलगायतका केही पदमा निर्वाचन हुने भएको हो ।

१० बुँदे कार्यान्वयन गर्न संरचनागत उपाय खोजिने

सुदूरपश्चिम प्रदेशमा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टि जनाएपछि स्थायी कमिटी बैठकले समस्या समाधान गर्ने जिम्मेवारी उनलाई नै दिएको थियो।

वामदेवले भने: म एमालेमै छु, समाजवादीमा मेरो तस्बिर किन राखियो

गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको तस्बिर राखेर शनिवारदेखि समाजिक सञ्जालमा प्रचार गरिएको थियो।

आयोगले समस्या समाधान हुँदैन : गौतम

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले भने ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनी हुने, अर्काथरि सुकुमवासी हुँदैहुँदै जानेछन्।’ उनले २०५१ सालदेखि आजसम्म २८ वर्षको अवधिमा बनेका भूमिसम्बन्धी आयोगले सुकुमवासी समस्या समाधान गर्न नसक्नुमा आयोगको बाटो अवैज्ञानिक भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्