२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भ्रष्टाचार मुद्दा दायर

रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र राजस्व अधिकृतविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ।

भारतीको मुद्दा ‘हेर्दाहेर्दै’मा

फौजदारी मुद्दामा जन्मकैदको कैद माफी घटाउने सरकारको निर्णयविरुद्ध निवेदन दिएकी भारती शेर्पाको मुद्दा सर्वोच्च अदालतमा मंगलबार हेर्दाहेर्दैमा परेको छ।

१२ वर्षदेखि ‘हेर्न नभ्याएको, नमिलेको’ एउटा मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन दर्ता भएको थियो । जुन मुद्दा प्रायः हेर्न नमिल्नेमै पर्ने गरेको छ ।

रिगलविरुद्धको मुद्दाको सुनुवाइ अब दसैंपछि

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भोग्दा भोग्दै सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा दिइएको कैद माफीविरुद्ध परेको मुद्दामा पुरानो मुद्दा छिनेका आधारमा निर्णय दिन नमिल्ने भन्दै सर्वोच्च अदालतले बिहीबार अन्य आदेश गरेको छ।

राहुललाई संगठित अपराधमा मुद्दा

इलेक्ट्रोनिक सिगरेट (भेप)मार्फत सुन तस्करीलाई सहयोग गरेको आरोप लागेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासँग सुन तस्करीमा संलग्न रहेका दाओजिन वाङसँग एक सय ४७ पटक सम्पर्क भएको देखिएको छ।

मानवअधिकार आयोगको स्तर खस्कँदै

स्थापना कालदेखि नै ‘ए’ श्रेणीमा रहेको नेपाल मानवअधिकार आयोग ‘बी’मा घटुवा भए देशको गरिमा र प्रतिष्ठामै आँच आउनेछ। यस्तो अवस्था आउन नदिन समयमै उचित कदम चाल्न सुझाए पनि सरकार कानमा तेल हालेर बसेको आरोप अधिकारकर्मी सरोकारवालाको छ।

रिगल मुद्दामा विश्वप्रकाश भन्छन्: अदालतको आदेश स्वागतयोग्य, विसंगति विरुद्ध नवीन बहस

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले योगराज ढकाल (रिगल) विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेश स्वागत योग्य भएको बताएका छन्।

रिगलको आममाफी मुद्दामा सर्वोच्चले भन्यो: बहस गर्न महान्यायाधिवक्ता नै आउनू

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा बहसका लागि महान्यायाधीवक्ता नै उपस्थित हुन आदेश दिएको छ।

रिगलको आममाफी मुद्दामा सर्वोच्चले माग्यो सरकारसंग लिखित जवाफ

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

अख्तियारको धरापमा उच्च पदस्थ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारीलाई धमाधम भ्रष्टाचार मुद्दा दर्ता गर्न थालेको छ ।

‘जलहरी भ्रष्टाचार’मा तीनजनाविरुद्ध मुद्दा

सार्वजनिक जलहरी बनाउँदा १,४९१ ग्राम ७१८ मिलिग्राम सुनको भ्रष्टाचार भएको भन्दै १ करोड १७ लाख रूपैयाँ मागदाबीसहित तीनजनाविरुद्ध विशेष अदालत काठमाडौंमा अख्तियारले आइतबार मुद्दा दर्ता गरेको हो।

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ। सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्