१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रिगल मुद्दामा विश्वप्रकाश भन्छन्: अदालतको आदेश स्वागतयोग्य, विसंगति विरुद्ध नवीन बहस

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले योगराज ढकाल (रिगल) विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेश स्वागत योग्य भएको बताएका छन्।

बिहीबार साझ सामाजिक सञ्जालमार्फत शर्माले योगराज ढकाल (रिगल) विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेश स्वागतयोग्य र विसंगति विरुद्ध नवीन बहस भएको बताएका हुन्।

उनले सजाय मिनाहा, सजाय अवधी कटौती, आम माफी जस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएको पनि बताएका छन्।  

यस्तो छ शर्माको स्टाटस  

'आम माफी' प्रकरणमा #अदालतको-प्रवेश-स्वागतयोग्य। 

विसंगति विरुद्ध नवीन बहस ! 

१. लोकतन्त्रमा धब्बा लाग्ने कुनैपनी निर्णय बदरभागी हुनुपर्छ भन्ने बिषय लोकको मतमात्रै होइन, मानवीय भावको अपेक्षा र सुशासनको माग पनि हो। 

२. सकारात्मक आदेश मार्फत अदालतले नकारात्मक कर्महरु नियन्त्रणमा ञरचनात्मक हस्तक्षेपझ गर्नसक्छ  िनकारात्मक आदेशले त्यसलाई वैधता त दिन्छ नै, निरन्तरतालाई प्रोत्साहित समेत गर्ने छ।  

३. संविधान र कानुनको ब्याख्याको अधिकार अदालतमा हुनुलाई प्राविधिक होइन प्राज्ञिक कोणबाट हेरिनुपर्छ। सजाय मिनाहा, सजाय अवधी कटौती, आम माफी जस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएका छन्। अदालतको आदेशले नवीन नजिर स्थापित गर्ने सकारात्मक अपेक्षामा छ देश !

४. मुद्दा चलिरहँदा यो भन्दा बढी नबोलौं। आगे अदालतकै मर्जी !

प्रकाशित: १८ आश्विन २०८० १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App