२३ असार २०८१ आइतबार
image/svg+xml

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर ओलीको सभामा पुगेका युवा प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर सहभागी भएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अवैध नदी दोहन गर्ने थप दुई ट्याक्टर नियन्त्रणमा

रातिको समयमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै उदयपुर प्रहरीले थप दुई ट्याक्टर नियन्त्रणमा लिएकाे छ । बुधबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ को ठाडी र त्रियुगा ३ को लुहाले खोलामा अवैध रुपमा गिटी बालुवा निकाल्दै गरेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

६ लाख बढी मूल्यका ३० पाडापाडी नियन्त्रणमा

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका भैसीका ३९ वटा पाडापाडीलाई नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय कृष्णगनर र बहादुरगंजको टोलीले ६ लाख ३० हजार मूल्यको पाडापाडी बरामद गरेको हो ।

बोलपत्र च्यातेको आरोपमा चार जना वडाध्यक्षहरु प्रहरी नियन्त्रणमा

कोहल्वी नगरपालिकाले कार्यपालिका र नगरसभाको निर्णयबिना नै आइतबार बाटो मर्मत सम्भार शुल्कको बोलपत्र खोल्न लागेको भन्दै असंतुष्ट बनेका वडाध्यक्षहरुले त्यसलाई रोक्न खोज्दा बिबाद भएको छ।

अवैध काठ बोक्ने तीन ट्रक प्रहरी नियन्त्रणमा

उदयपुर प्रहरीले अवैध गोलीया काठसहित ३ वटा मालबाहक ट्रक नियन्त्रणमा लिएर डिभिजन वन कर्यालय त्रिबेणीलाई बुझाएको छ ।

कागजात अख्तियारको नियन्त्रणमा

खोटाङको बराहपोखरी गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ। मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको भन्दै उजुरी परेपछि अख्तियारले चासो देखाएको हो।

मिटरमा जान नमान्ने ५३ ट्याक्सी नियन्त्रणमा

चाडपर्वको बेला मिटरमा नगई चर्काे भाडा असुल्ने ५३ ट्याक्सीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

दुई दिनमा बालुवासहित ९ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङमा अवैध तरिकाले बालुवा ओसार पसार गरिरहेको अवस्थामा दुई दिनमा ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ ।

घुस लिएको आरोपमा कलंकीका नापी कर्मचारी नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई विहिवार रु १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

गंगामायाँका छोरा नुरप्रसाद सानेपाबाट प्रहरी नियन्त्रणमा

गंगामाया अधिकारीका छोरा नुरु प्रसाद अधिकारीलाई सानेपाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। गंगामायाँले आफ्नो छोरालाई खोजिदिन महानगरीय प्रहरी महाशाखा काठमाडौंमा निवेदन दिएकि थिइन्।

भारत लैजान लागिएका गोरुसहित चालक नियन्त्रणमा

भारत निकासी गर्न लागिएका २५ वटा गोरुसहित गोरु बोकेको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केसीलाई अपहरण शैलीमा नियन्त्रणमा लिनु दुखद : कांग्रेस

नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले डा. गोविन्द केसीलाई सरकारले अपहरण शैलीमा नियन्त्रणमा लिएको भन्दै दुःख व्यक्त गरेको छ।

आमाको हत्या आशंकामा छोरा र मलामी प्रहरी नियन्त्रणमा, शव बरामद

गोरखाको भिमसेन गाउँपालिका १ मसेल सपुङ्गेमा आमाको हत्या आशंकामा स्थानीय ३२ राजेश विश्व सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नौ जना व्यापारी प्रहरी नियन्त्रणमा

उपभोक्ता ठगेको आरोपमा सरकारले नौ जना व्यवसायीलाई नियन्त्रणमा लिएर हिरासतमा राखी छानबिन अघि बढाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्